
Pbu
Gsl
Jsbus
Csbus
Amb
Gsbus
dsbus
Ddhbs
gms
Bksbus5
Rbs
Nssbus7
Ratbs
Ssbus

Sls
Ksm
Wsp
Tsm
Ssm
nsb
Rgu
Gst
Vor
Bbbpu
Pvg
Sbs
Asm
Rsb
Bbu
Hal
Rgu
Rgs
Ggd

Jmb
Rmb
Syp
Mks
sab
bbt
Jmb
Bml
Gsb
Abd
Rpp
Pls
Ptm
म अहिले यूएईको अबुधाबी ईमिरेट्स स्थित अल ऐन भन्ने ठाउँमा छु ।तर, म हाल यहाँ बस्दिनँ, यो देशमा काम गर्दिनँ भनेर स्वतन्त्र हिसाबले बस्न थालेको पनि २० दिन भैसक्यो । म घर फर्कन चाहेर कानुनी रुपमा स्वतन्त्र भइसकेको मान्छेले पनि घर फर्कन पाइनँ । कस्तो बाध्यता भनौं या परिस्थिती ।
आजसम्म केही भएको छैन, आराम छु । यदि केही भइहाल्यो भने मलाई झन पछुतो हुनेछ । म आफ्नो देश फर्कन चाहँदाचाहँदै पनि फर्कन नपाउँदा मलाई केही भयो भने मेरो जन्म देशको संयन्त्रलाई पाप लाग्ने छ । जस्तो भए पनि म मेरै देशमा रोगसँग लड्न चाहन्थें ।रोगसंग मुकाबिला गर्न चाहन्थे। तर मलाई यहाँ बस्नुपर्ने बाध्यता छ ।
म पञ्छीजस्तो स्वतन्त्र हुन चाहेर सबै कुरो त्यागेर आउन खोज्दा पनि नपाउने किन होला ?
मेरै गाउँघर, पाखापखेरामा मरे पनि बाँचे पनि मेरै देश, मेरै आफन्त र मेरै माटोमा मर्न चाहन्थेँ । तर परदेशमा मानसिक र शारीरिक तनाव एक्लोपन हरेक कुरोले सताएको छ ।यो परदेशीको दुख बुझ्ने कस्ले?
म यो देशमाभन्दा मेरै भिरपाखोको हावापानीमा बढी सुरक्षित हुन्थें । मेरो रोगसँग लड्ने क्षमता र मानसिक रुपमा स्वस्थ पनि म मेरै देशमा हुन्थें जस्तो लाग्छ ।
हो पनि, अरुको लाख भन्दा त आफ्नाको काख नै प्यारो हुन्छ नि । कोरोनालाई त मेरो देशमा थिएँ भने आत्मबलले नै जित्थें जस्तो लाग्छ । तर के गर्नु परदेशमा निरीह भएर बाँच्न परेको छ ।
यहाँ जोखिम बढी छ । मेरो देश, मेरो माटो, मेरो हिमाल, मेरो जननी, मेरा आफन्त, शुभचिन्तक र जन्मभूमीलाई धेरै सम्झिरहेको छु ।
विदेश बस्ने हरेक नागरिकलाई अहिले कोरोनाको पोको भन्ने ठान्छन् समाजले । के हामी कोरोना हो र ?
हामीले कमाउँदा सबैको प्यारो । आज दुःखमा चाहिँ कोरोना ? कस्तो सोच ? हरेक देशले आफ्ना नागरिक विमान चार्टर गरी गरी लगेका छन् । तर हामी त टिकट काटेर फर्कन्छु देशले जारी गरेका नियम मान्छु भन्दा पनि एक्लै बस्न परेको छ ।
भिसा सकिएर बिरानो देशमा पिञ्जडामा झैं थुनिएकाहरु कहिले फर्कन पाउँछन् सरकार ? न खानाको टुङ्गो, न बस्नको टुङ्गो । यसरी कतिन्जेल बाचौंला र । कोरोना लागेर मरे पनि खान नपाएर अरु रोगले मरे पनि मृत्युको मूल्य उही होइन र ?श्रमिकलाई नै कोरोनाको पोको ठान्ने यो कस्तो सोच?
विदेशीलाई रोके पनि आफ्नो देशको अर्थतन्त्र धान्नेलाई त माया गर । विदेश बस्नेलाई किन कोरोना भाइरस नै भन्ने ठानेको ? किन हाम्रो गुन नेपाली समाज र सरकारले बिर्सिएको ?
भारतको नाका बन्द गर्नु, चीनको नाका बन्द गर्नु, बिमानस्थलमा चेकजांच राम्रोसँग गर्नु, हामीलाई सेल्फ क्वारेण्टाईनमा राख्नु, हामी मान्छौंं नि नियम । मेरो आफन्त अरु देशले चार्टर गरेर आफ्ना नागरिक लगेको जहाज हेर्दै मेरो बाटो कुरिरहेका छन् । हामी यहाँ कोरोनाको जोखिमसँगै मानसिक यातना सहेर बसिरहेका छौं ।रोइरहेका छन् ।चरी आफ्नु गुड नफर्किएर कहाँ जान्छ? हामी हाम्रो देश कहिले फर्कन पाउँछौं सरकार ?
सिन्धुपाल्चोक, हाल यूएई ।
