Sidha Patra बिहिबार, साउन २८, २०८३

रोल्पा । थबाङ गाउँपालिका वडा नम्बर ५, उवाको कोटलबारामा अविरल वर्षाका कारण गएको पहिरोले तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते तथा बेपत्ता भएका छन् ।

स्थानीयका अनुसार बिहीबार साँझ करिब ७ बजेतिर नम्बाङ खोला हुँदै दाङसगातर्फ जाने बाटोबाट पल्लोपट्टिबाट आएको पहिरोको छालले एउटा घर पुरेको र त्यसपछि तल्लोपट्टिका थप दुई घरसमेत पुरिएका हुन् ।

पहिरोमा पुरिएका तीन घरमा जम्मा १३ जना रहेको बताइएको छ । उनीहरूमध्ये कमलबहादुर पुन मगर र शान्ति पुन मगरको शव फेला परेको स्थानीयले बताएका छन् । त्यस्तै हिमाल पुन गम्भीर घाइते भएका छन् भने सञ्जय पुनको एक खुट्टामा गम्भीर चोट लागेको बताइएको छ । बाँकी ६ जना पुरुष र ३ जना महिलाको अवस्था तथा पहिचान यकिन हुन सकेको छैन । उनीहरू पहिरोमा पुरिएर बेपत्ता भएको आशंका गरिएको छ ।

घटना साँझको समयमा भएकाले राति उद्धार कार्यमा कठिनाइ भएको स्थानीयले बताएका छन् । उवा प्रहरी र स्थानीय बासिन्दाहरू उद्धारमा खटिएपनि अँध्यारो तथा लगातार वर्षाका कारण उद्धार कार्य कठिन भइरहेको बताइएको छ । पहिरोमा पुरिएका घरमा रहेका पशुचौपायाको संख्यापनि यकिन हुन नसकेको स्थानीयको भनाइ छ ।

त्यस्तै,थप उद्धार तथा खोजीका लागि सुलिचौर इलाका प्रहरी कार्यालयबाट समेत टोली घटनास्थल तर्फ हिँडेको जानकारी प्राप्त भएको छ । घटनाको विस्तृत विवरण तथा बेपत्ता व्यक्तिहरूको अवस्थाबारे उद्धार कार्यपछि मात्र थप जानकारी आउने बताइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]