
Sdc
Ggp
Rgp
Asbus
Ksbus
Ksbus
Ggp
Msbus
Lnp


दाङ । श्रम संस्कृति पार्टीले दाङ जिल्लामा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले अध्यक्षमा देउखुरीको लमही निवासी टिका जि.एम “सिद्धान्त”लाई सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षहरुमा रुमा घर्ती मगर,गिता बिस्ट,सितल थापा,सचिवमा धन बहादुर ठेडी मगर,कोषाध्यक्ष बिक्रम तामाङ सदस्यहरु-संगम आले मगर,दिल बाठा मगर,बिना बुढा मगर,तारा थापा,रमित बुढा,भावना बुढा मगर,माधव राना लगायतका २१ जना जिल्ला सदस्य रहने गरि अधिवेशनले समिति चयन गरेको छ ।
पार्टीको जिल्ला संयोजक राजन बिकको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष तुलबिर दर्लामी मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम अधिवेशन कार्यक्रममा बि.अ. -लुम्बिनि प्रदेश उपाध्यक्ष पुर्ण बहादुर बिक,अथितिहरु लुम्बिनी प्रदेश प्रवक्ता गोविन्द गिरि,लुम्बिनी प्रदेश आर्थिक बिभाग प्रमुख केबि गुरुङ,लुम्बिनी प्रदेश संगठन बिभाग प्रमुख नगेन्द्र शिरिनेतको उपस्थित रहेको थियोे ।
जिल्ला अध्यक्षमा चयन भएपछि पदभार ग्रहण गर्दै अध्यक्ष जिएमले केन्द्रीय अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)को उदेश्य अनुसार पार्टीलाई द्रुतगतिमा अघि बढाउने बताएका छन् । जिएमले पार्टीको उदेश्य र एजेन्डाबाट आफू अत्यन्तै प्रभावित भएर पार्टीमा लागेको समेत बताए ।
उनले भने हाम्रो पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ ज्यूले आफ्नो नामको पछाडिबाट “ए रेभुलेसन”राख्नु भएको छ । रेभुलेसनको अर्थ भनेको श्रम कान्ति हो । मानव जीवन र देशको विकास र समृद्धिका लागि श्रम नै पहिलो विकल्प रहेको हुँदा श्रम र चेतनालाई अब आम जनमानसमा फैलाउदै देशको शान्तिका लागि बुद्ध मार्गलाई अपनाएर रगतको कान्ति नभएर श्रमको कान्ति मार्फत पार्टीलाई अघि बढाउने अध्यक्ष जिएमले बताए ।
जिएमले दाङ जिल्लाको दशवटा पालिका भित्रको १०० वटा वडाहरुमा तत्काल पार्टी विस्तार गरेर २०८४ मा सम्पन्न हुने स्थानीय निर्वाचनमा आफ्नो उम्मेदवारीहरु उठाएर पालिका कब्जा गर्ने समेत उनले दाबी गरे ।

