
Gisld
Mbdvs
Gmk
Sds
Anm
mbd
Pbu
Ksm
Rbs

Rsb
Ssm
Wsp
Bbu
Tsm
Rgu
Sls
Ksm
Rgs
Bbbpu
Hal
nsb
Vor
Rgu
Asm
Pvg
Gst
Sbs
Ggd

Ptm
sab
bbt
Syp
Abd
Pls
Bml
Jmb
Gsb
Mks
Rpp
Jmb
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न भएको छ ।
गाउँपालिकाले भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो । जस अनुसार कुल ४ हजार ४ सय ६५ वटा फारम भरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका गत माघ १८ गतेको सूचना बमोजिम राप्ती गाउँपालिकाको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि लगत संकलन कार्यको म्याद सकिएको हो ।
यस्तै फाराम भरेर सकिएको छ । अहिले वडा कार्यालयमा वडा स्तरीय सहजिकरण समितिबाट रुजु गर्न काम भईरहेको राप्ती गाउँपालिकाका भूमि समस्या समाधान ईकाइ प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनु भएको छ । ईकाइ प्रमुख बाल चन्द्र गुरुङका अनुसार रुजु गरिसके पछि कम्प्यूटरमा लगत प्रविष्टी गर्ने काम सुचारु हुने बताए ।
त्यस्तै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको राप्ती गाउँपालिकाको वडा नम्बर १ मा ९ सय , वडा नम्बर २ मा ६ सय ८०, वडा नम्बर ३ मा ७ सय ८०, वडा नम्बर ४ मा ४ सय, वडा नम्बर ५ मा ४ सय २०, वडा नम्बर ६ मा ३ सय ८०, वडा नम्बर ७ मा ३ सय ९०, वडा नम्बर ८ मा २ सय ६० र वडा नम्बर ९ मा २ सय ५५ गरि कुल ४ हजार ४ सय ६५ लगत फारम भरिएको ईकाइ प्रमुख बालचन्द्र गुरुङले जानकारी दिएका छन् ।
