तिर्थराज ज्ञवाली मंगलबार, बैशाख ०७, २०७८

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न भएको छ ।

गाउँपालिकाले भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो । जस अनुसार कुल ४ हजार ४ सय ६५ वटा फारम भरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका गत माघ १८ गतेको सूचना बमोजिम राप्ती गाउँपालिकाको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका लागि लगत संकलन कार्यको म्याद सकिएको हो ।

यस्तै फाराम भरेर सकिएको छ । अहिले वडा कार्यालयमा वडा स्तरीय सहजिकरण समितिबाट रुजु गर्न काम भईरहेको राप्ती गाउँपालिकाका भूमि समस्या समाधान ईकाइ प्रमुख बाल चन्द्र गुरुङले जानकारी दिनु भएको छ । ईकाइ प्रमुख बाल चन्द्र गुरुङका अनुसार रुजु गरिसके पछि कम्प्यूटरमा लगत प्रविष्टी गर्ने काम सुचारु हुने बताए ।

त्यस्तै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको राप्ती गाउँपालिकाको वडा नम्बर १ मा ९ सय , वडा नम्बर २ मा ६ सय ८०, वडा नम्बर ३ मा ७ सय ८०, वडा नम्बर ४ मा ४ सय, वडा नम्बर ५ मा ४ सय २०, वडा नम्बर ६ मा ३ सय ८०, वडा नम्बर ७ मा ३ सय ९०, वडा नम्बर ८ मा २ सय ६० र वडा नम्बर ९ मा २ सय ५५ गरि कुल ४ हजार ४ सय ६५ लगत फारम भरिएको ईकाइ प्रमुख बालचन्द्र गुरुङले जानकारी दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]