
Gmk
Rbs
Pbu
Anm
Gisld
Ksm
Sds
Mbdvs
mbd

Bbu
Rgu
Ggd
Pvg
Sbs
Sls
Asm
Hal
Rsb
Ssm
Rgu
Gst
nsb
Rgs
Vor
Tsm
Wsp
Ksm
Bbbpu

sab
Jmb
Abd
Gsb
Jmb
bbt
Syp
Pls
Mks
Rpp
Bml
Rmb
Ptm
चितवन । राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन्। तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्।
त्यसैगरी निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए । तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ । प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन् ।
त्यस्तै निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ। हालै गैँडा गणना भएपछि कुन क्षेत्रमा कति गैँडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन।निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्याङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए। चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ। केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन।
यस्तै गत वर्ष चोरी शिकार शून्य रहेको थियो। बरालले प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिए। सन् २०१५ पछि यस वर्ष गैँडा गणना गरिएको हो। यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए।
त्यस्तै यसअघिको गणनामा यो सङ्ख्या ६०५ मात्रै रहेको थियो । त्यसपश्चात स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि सङ्ख्या भने वृद्धि भएको छ । बाढीबाट केही गैँडा बगेर भारत पुगेको अनुमान छ । भारतबाट १० वटा गैँडा फिर्ता ल्याइएको भए पनि अझै केही गैँडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ । आशा गरेअनुसार गैँडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित रहेका छन्।रासस
