
Gmk
Rbs
mbd
Gisld
Pbu
Ksm
Sds
Mbdvs
Anm

Rsb
Tsm
Rgu
Bbbpu
Sls
Gst
Ggd
Ksm
nsb
Bbu
Rgu
Sbs
Wsp
Hal
Ssm
Rgs
Asm
Pvg
Vor

Ptm
Bml
Gsb
Rpp
Rmb
sab
bbt
Mks
Abd
Syp
Jmb
Pls
Jmb
झापा । झापाको बुद्धशान्ति गाउँपालिका-४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसी,बाख्रा जलेर मरेका छन् ।
ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिएका छन् ।
त्यस्तै बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकल सहित नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो । इँटा, काठ र टिनको छानोले सो बाख्राफार्म निर्माण भएको थियो । आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको हो ।
यस्तै घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेले आगलागीको कारण र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
