
mbd
Sds
Gisld
Ksm
Gmk
Pbu
Mbdvs
Anm
Rbs

Sls
Wsp
Pvg
Rgs
Rgu
Rsb
Hal
Ksm
Bbu
Rgu
Ggd
Ssm
Asm
Bbbpu
Sbs
Tsm
Vor
nsb
Gst

Bml
Rpp
Pls
Rmb
Mks
Syp
Jmb
bbt
sab
Jmb
Gsb
Abd
Ptm
दाङ । देउखुरी स्थित एक लघुबित्त बित्तिय सँस्थाका कर्मचारीले किर्ते हस्ताक्षर गरि रकम निकासा गरेको रहस्य खुलेको छ ।
आफ्नै सँस्थामा आबद्द सदस्यको नाममा सम्बन्धित ब्यक्तिलाई थाहै नदिई किर्ते हस्ताक्षर सहितको फाईल बनाएर २ लाख रुपैया निकासा गरेका छन् । ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्था लिमिटेड लमही ब्रान्चमा कार्यरत कुसुम थापा नाम गरेकी फिल्ड महिला कर्मचारीले रकम निकासा गरेको रहस्य बाहिर आएको हो ।
लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निबासी ईन्द्र कुमारी चौधरी सँस्थाकि सदस्य हुन् । उनकै नाममा २ लाख रुपैया निकासा भएको उनलाई नै थाहा छैन ।गत २६ गते लमही ब्रान्चमा चोकराज ढकाल ब्रान्च म्यानेजर बनेर आएपछि ऋण कर्जाका फाईल हेर्दै जाँदा ईन्द्र कुमारीको नाममा ऋण देखियो । तत्काल उनले ईन्द्र कुमारीलाई फोन गरि तपाईको मासिक किस्ता किन आएको छैन? भनेर बुझ्दा उनी आश्चर्यमा परिन । नखाएको ऋण बोक्नुपर्दा आश्चर्य र चिन्तित बन्नु स्वभाबिक हो ।
यस्तै यो भन्दा अगाडि नै सँस्था भित्र कर्मचारीले गरेको बदमासीले हलचल मच्चाई सकेको थियो । वास्तविक के रहेछ भनेर सँस्थाले चोकराज ढकाल सहितको छानबिन समिति लमही झिकायो । ढकाल चैत २६ गते म्यानेजर भएर हाजिर भएपनि उनी पहिले नै आईसकेका थिए । छानबिन गर्दै जाँदा ईन्द्र कुमारीको नाममा किर्ते गरि ऋण निकासा गरेको प्रमाण फेला पर्यो । त्यसोत, आरोपित कुसुम थापालाई चैत १५ गते नै सँस्थाले निलम्बन गरेको अहिलेका म्यानेजर ढकाल बताउँछन् । ‘उहाँले गल्ती स्विकारी सक्नुभयो, सँस्थाले पनि कारबाही गरिसक्यो ढकालले भने-हरेक ब्यक्ति फरक स्वभावका हुन्छन्, बदमासी गर्लान भन्ने सोचाई नै आएन ।’ उनले ईन्द्र कुमारीको नाममा रहेको ऋण आरोपित कुसुमले केही दिनमै चुक्ता गरिदिने बताए ।
त्यस्तै फाईल अनुसार प्रक्रिया पुगेर निकासा भएको देखिन्छ । तर, ईन्द्र कुमारीले यो कुराको सुईको समेत पाईनन् । ऋण निकासा हुने समयमा लमही ब्रान्चमा लक्ष्मण रेग्मी म्यानेजर थिए । उनी गत २५ गते सरुवा भएर सुर्खेत गई सकेका छन् । कतै ऋण निकासामा कर्मचारी कुसुम र म्यानेजर लक्ष्मणको मिलोमतो त हैन? भनेर सँका गर्ने ठाउँ प्रसस्तै छन् ।
तर, म्यानेजर रेग्मी भन्छन प्रक्रिया पुगेको देखेर मैले ऋण निकासामा अनुमती दिएको हो । करिब १ दशक अगाडि देखि सँस्थामा जिम्बेवारी निर्बाह गरेकि कुसुमले बदमासी गर्छन् भनेर रेग्मीले सोच्नै सकेनन् । तर कुसुमले ईन्द्र कुमारीलाई मात्र हैन आफ्नै हाकिमलाई समेत चक्मा दिईन ।
त्यस्तै नेपाल राष्ट्र बैँकबाट ‘घ’ बर्गको ईजाजत प्राप्त ग्रामिण बिकाश लघुबित्त बित्तिय सँस्थाका कर्मचारीको बदमासीका कारण अहिले अन्य सँस्था प्रतिको बिश्वास पनि खस्किदो छ । लमही नगर र राप्ती गाउँपालिकामा मात्र ग्रामिण सँस्थाको ११ सय ५४ सदस्य छन् । यो बिश्वास चानचुने होईन ।
यस्तै तमाम महिलाहरुको बिश्वास पाएर सञ्चालित सँस्थाका कर्मचारीले आफैलाई घात गर्छन भन्ने सोझासाझा महिलाका लागि सोचाई भन्दा बाहिरको कुरा हो । थाहै नदिई मेरै नाममा ऋण निकासा हुन्छ भन्ने मैले सोचेकै थिएन, तर सँगै बैठकमा बस्ने कुसुम मिसले घात गर्नुभो ईन्द्र कुमारीले गुणासो पोखिन् । ईन्द्र कुमारी त एक उदाहरण मात्र हुन । उनिजस्ता धेरै महिलाको नाममा कुसुमले रकम निकासा गरेको रहस्य पनि बाहिर आएको छ । फरक यत्ति होकि अन्य सँग सहमतीमा निकासा हुन्थ्यो भने ईन्द्र कुमारीसँग सहमति बेगर निकासा भयो ।
