
Anm
Ksm
Rbs
Gisld
Gmk
mbd
Pbu
Sds
Mbdvs

Bbu
Gst
Tsm
Pvg
Bbbpu
Rgu
Ksm
Wsp
Vor
Asm
nsb
Sbs
Rgu
Hal
Sls
Rgs
Ggd
Rsb
Ssm

Rpp
Jmb
Rmb
Ptm
Abd
Bml
sab
Gsb
Mks
Pls
Jmb
Syp
bbt
काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय निकायको निर्णयअनुसार विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न अनुरोध गरेको छ ।
शुक्रबार मन्त्रालयमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा कोरोना संक्रमणको पछिल्लो अवस्था बारे अन्तरक्रिया भएको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति जोखिममा रहेका भनि पहिचान गरेका जिल्ला र सहरमा डीसीसी एमसीको समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम विद्यालय बन्द गर्ने नगर्ने निर्णय गर्न शिक्षा मन्त्रालयले अनुरोध गरेको हो ।
त्यस्तै शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला सहर वा स्थान विशेषको हकमा जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णयबमोजिम त्यस्ता विद्यालयहरु बन्द वा तोकिएबमोजिम गर्नुहुन बन्द गरिएका विद्यालयहरू पुनः सञ्चालन गर्दा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा – २०७७ मा तोकिएका विधि तथा प्रक्रियाहरूको पालना गर्नुका साथै विद्यालयहरु बन्द वा आंशिक रूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्थाबमोजिम सिकाइ क्रियाकलापहरुलाई निरन्तरता दिनुहुन ।’
यस्तै पछिल्लो समय कोरोना संक्रमण बढिरहेको र त्यसबाट विशेषगरी विद्यालय जाने उमेर समूहका विद्यार्थीहरुमा संक्रमणको जोखिम उच्च रहेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा परेको छ । विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ तर सरकारका निकायहरूले निर्णय लिन सकेका छैनन् ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिना शिक्षण संस्था बन्द गर्न सुझावसहित सिफारिस गरेको छ । सीसीएमसी र मन्त्रिपरिषद्मा उक्त सुझावबारे छलफल भए पनि निर्णय हुन सकेको छैन । शिक्षा मन्त्रालयले कोरोनाको जोखिम बढे पालिकाहरूले विद्यालय बन्दको निर्णय लिन सक्ने दोहोर्याएको छ । तर कोरोना संक्रमित भेटिएका र बढी जोखिममा रहेका पालिकाले शिक्षण संस्था बन्दको निर्णय लिएका छैनन् ।
