
Tgp
Ksb
Ksb
Csb
Usb
Rks
Bsn
Gsb
Ssb
Rsb
Ssb
Ksb
Fmb
Nsb
jsb
Ppu

Gsb
Ssb
Tsb
Hl1
Usb

Rgu
Nps
ptl
बर्दिया । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका-३ स्थाई ठेगाना भई भारतको रुपैडिया मोहनपुर बस्ने ५८ वर्षीय कृपाराम खटिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दियाको २०६८ जेठ १० गतेको आदेशले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिई फरार रहेका कृपारामलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बढैयाताल गाउँपालिका-३ बाट पक्राउ गरेको हो ।
त्यस्तै कृपाराम खटिक लगायतका प्रतिवादीहरुले २०६० कात्तिक १० गते बढैयाताल गाउँपालिका-३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए । उनलाई जिल्ला अदालत बर्दियाको आदेशले जिल्ला कारागार कार्यालय बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
