
mbd
Ksm
Gisld
Pbu
Sds
Gmk
Anm
Rbs
Mbdvs

Tsm
Vor
Bbu
nsb
Bbbpu
Rgu
Gst
Ggd
Rgu
Rsb
Ksm
Wsp
Ssm
Sbs
Sls
Hal
Asm
Pvg
Rgs

Jmb
bbt
Bml
Pls
Rpp
sab
Abd
Jmb
Ptm
Rmb
Gsb
Syp
Mks
काठमाडौं । विद्यालय सञ्चालनबारे छलफल गर्न सरोकारवाला निकायहरुलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विहान ८ बजे बोलाएको छ ।
बालबालिकामा कोरोना भाइरसको नयाँ स्वरुप (युके भेरियन्ट)को संक्रमण उच्च देखिएको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण बढी भएका स्थानका विद्यालय तथा कलेजहरु कम्तीमा तीन सातासम्म बन्द गर्न प्रस्ताव आएपछि मन्त्रालयले छलफलका लागि सरोकारवाला निकायहरुलाई बोलाएको हो ।
यस्तै विद्यालय सञ्चालनबारे छलफल गर्न मन्त्रालयले बोलाएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए । उनले भने ‘भोलिको छलफलबाट कसरी अगाडी बढ्ने भन्ने निष्कर्ष निस्किन्छ ।’
त्यस्तै प्याब्सनले भने सरकार काठमाडौं सहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारी गरेको भन्दै विरोध जनाएको छ । प्याब्सनका अध्यक्ष टिका पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ती जारी गर्दै स्वास्थ्य सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नु उपयुक्त हुने बताएका छन् ।
यसैगरी कोरोना संक्रमणको दर देशभर नहुने भएकाले अत्यन्तै आवश्यक भए सम्बन्धिन्त विद्यालय वा सम्बन्धित पालिकामा मात्र निश्चित समयका लागि प्रतिबन्धात्मक व्यवस्था गर्न र अन्य ठाउँमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिन प्याबसनले आग्रह गरेको छ ।
