
Sds
Pbu
Rbs
Mbdvs
gst
mbd
Gisld
Ksm
Gmk
Anm

Vor
Tsm
Bbbpu
Ksm
Rgs
nsb
Asm
Ggd
Wsp
Sls
Pvg
Gst
Rgu
Bbu
Rgu
Ssm
Sbs
Hal
Rsb

Rpp
Mks
Syp
Jmb
Ptm
Pls
Rmb
bbt
Abd
Bml
Gsb
Jmb
sab
दाङ । लमही-गढवा सडक खण्डमा चर्को भाडादरका कारण यात्रु मारमा परिरहेका छन् । सडक पिच हुने कार्य सम्पन्न भएको महिना दिन बितिसक्दा पनि भाडा नघट्दा यात्रु मर्कामा परेका हुन् । पहिले उक्त सडक कच्चि थियो । कच्चिमा गाडीलाई मार पर्ने भन्दै लमही-गढवाको भाडा एकतर्फी पर ब्यक्ती ३५ रुपैया कायम गरियो । अहिले पिच सम्पन्न भईसक्दा पनि भाडा नघट्दा यात्रु मर्कामा परेका छन् । मापदण्ड अनुसार प्रति किलोमिटर २ रुपैया ९० पैशाको दरले लमही देखि गढवा सम्मको यात्रा गर्दा २० रुपैया ३० पैशा पर्न जान्छ । लमही देखि गढवा ७ किलोमिटरको दुरीमा छ । त्यसो त लमही देखि पश्चिममा पर्ने बनघुस्री र पुर्बमा सुन्डबरी पुग्दा यात्रुले २० रुपैया नै तिर्ने गर्छन । लमही देखि बनघुस्री र सुन्डबरीको दुरीपनि ७/७ किलोमिटर नै छ । तर, गढवा पुग्न ३५ रुपैया भाडादरले स्थानिय मर्कामा त परेकै छन् । अनेत्रको तुलनामा अोहोर दोहोरको ३० रुपैया बढि तिर्छन गढवा बासी । दुरी एउटै छ, अाखिर सो सडक खण्डमा चल्ने गाडी पनि तिनै हुन् तर, भाडादरमा फरक परेपछी स्थानियले तत्काल भाडा घटाउन माग गरेका छन् । भाडा घटाएर २० रुपैया कायम गर्नुपर्ने उनिहरुको माग छ । “पहिले बाटो कच्चि थियो, कच्चिमा गाडी मारमा पर्छ भनेर ३५ रुपैया भाडादर कायम गरियो, त्यो भाडा तिर्न हामी राजी पनि भयौँ गढवा निवासी हिमा अधिकारीले भनिन्-तर बाटो पिच भईसकेपछी त भाडादरमा हेरफेर गर्नुपर्छ नि ।”नियम बिपरित यातायात समितिले चर्को शुल्क असुल गर्दापनि यसतर्फ कसैले ध्यान नदिएको यात्रुको अारोप छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबले भाडा घटाउनको लागि यातायात ब्यबसायी समितिलाई तत्काल अाग्रह गर्ने बताए । जनप्रतिनिधिको हिसाबले गढवा बासी लगायत यात्रुको समस्यालाई ध्यानमा राख्दै नियम बिपरित चर्को शुल्क उठाउनमा रोक लगाउने उनको भनाई छ । यता, राप्ती सार्बजनिक यातायात ब्यबसायी समिति लमही शाखाका प्रमुख बिनोद बहादुर वलीले भाडा घटाउने बिषयमा प्रमुख कार्यालय तुलसीपुरको बैठकमा प्रस्ताब लैजाने जानकारी दिए । भरखर समितिको अधिबेशन सकिएको र पदभार ग्रहणमा ढिला भएका कारण प्रस्ताबका लागि ढिला भएको उनको भनाई छ । “पदभारको बेला सबै शाखाको छलफल हुन्छ, त्यही छलफलमा मैले भाडा घटाउने प्रस्ताब गर्छु शाखा प्रमुख वलीले भने- नियम अनुसार नै भाडादर कायम हुन्छ ।”
