
ksb
Rgp
Ggp
Dus
Asb
Lks
Rgp
Ggp
Usb
Rgp
lnp
Jns
Sgp
Rgp
Lnp
Pbu
Dbs


दाङ । देउखुरीको लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्बन्धि विवाद मिलेको छ ।
आइतबार लमहीमा बसेको नगर कार्यपालिकाको बैठकले विवादलाई टुङोमा पुर्याएको नगरपालिका वडा नम्बर ५ का अध्यक्ष तथा नगर प्रबक्ता बिम बहादुर केसीले जानकारी दिनु भयो । यस्तै नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी केहीदिन अघि सरुवा भएर आएपछी नगरका भित्रको केही वडाध्यक्ष र सदस्यहरुले आफुहरु संग कुनै सल्लाह नगरी ल्याएको भन्दै असन्तुष्टि जनाउदै आएका थिए ।
हिजो आइतबार बसेको कार्यपालिका बैठकमा आगामी दिनमा नगरपालिकाका कामकारबाहीलाई सहज तरिकाले गर्ने वातावरण हुनु पर्ने, प्रशासनलाई चुस्त दुरुस्तबनाई नीति तथा कार्यक्रमलाई नतिजामुखी जन अपेक्षित बनाउने काममा सबै प्रतिबद्ध हुने निर्णय भएको छ ।
त्यस्तै नगरका वडाध्यक्ष ज्युहरुको अपेक्षा पनि खास्सै जटिल रैनछ, उहाँहरुले बोलेका कुराहरु पनि स्वभाबिकै थिए, मात्र एक अर्काका कुराहरुको भेट नभएको मात्र रहेछ प्रबक्ता केसीले भन्नु भयो । यस्तै लमही नगर विकासमा बसेको कार्यपालिका बैठकमा नगर प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत लगायत वडा नम्बर ७ का वडाध्यक्ष बाहेक अन्य सबै वडाका अध्यक्षहरुको उपस्थिति रहेक प्रबक्ता केसीले जानकारी दिनु भयो ।
