
Ggp
Ksbus
Ksbus
Ggp
Msbus
Lnp
Asbus
Sdc
Rgp

काठमाडौं । नेपाल प्रहरीको नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषध सहित १७ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४, बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच,कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई,कैलालीको धनगढी उपमहानगरपालिका –७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका हुन् ।
त्यस्तै,नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नम्बर ४,देवीनगरस्थित बसपार्कबाट एक तथा पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजार र पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट एक÷एक जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पास्मो बरादम गरेको छ ।
