Sidha Patra बुधबार, भाद्र २४, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको घडीमा सरकार र प्रतिपक्षीको आँखाले भन्दा पनि राष्ट्रिय एकताको भावले हेर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले बाढी पहिरोका सन्दर्भमा सरकारले गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे । सभापति लामिछानेले भने– ‘विपत्तिमा सरकार र प्रतिपक्षीको आँखाले हेर्नुहुँदैन । अहिले राज्यले मलवाहक र भग्नावशेषमा हराएका मानव जीवनको खोजी गरिरहेको छ । यस्तो संवेदनशील समयमा हवाई उद्धार र राहत वितरणमा सरकारले देखाएको व्यवस्थापन र सक्रियता वास्तवमै प्रशंसनीय छ ।’

प्रतिकूल मौसम र बाटोको अवरोधका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर घटनास्थलमा पुगेर गरेको कार्यको उनले उच्च कदर गरे । उनले भने, ‘हवाई उद्धारको यति ठुलो र व्यवस्थित प्रयास यसअघि विरलै देख्न पाइएको थियो । विपत्ग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत र पुनर्स्थापनाको कामलाई तीव्रता दिएको छ ।’

त्यस्तै,सभापति लामिछानेले केही क्षेत्रबाट भइरहेको राजनीतिक खिचातानीप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने ‘म देखिरहेको छु, अझै पनि कसलाई कसरी तल खसाल्ने भन्ने खेलमा केही मानिसहरू राजनीतिक रोटी सेक्न लागिपरेका छन् । अहिलेको समय राजनीति गर्ने होइन, नागरिक बचाउने र भविष्यमा यस्ता विपत्ति भोग्न नपरोस् भनेर बलिया संरचनाको खाका कोर्ने हो ।’

यस्तै,सभापति लामिछानेले विपत्तिको यो कठिन समयमा राज्यको संयन्त्र र नागरिक समाज एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै सरकारको कामलाई सकारात्मक रुपमा लिइएको बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]