
Asbus
Sdc
Ggp
Ggp
Lnp
Ksbus
Ksbus
Msbus
Rgp

काठमाडौँ । आजसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मंगलबार साँझ ५ बजेसम्म कोषका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख तथा २ वटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ ।
त्यस्तै,अमेरिकी डलरलाई प्रतिडलर १५०.८८ का दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको हो । यसैगरी,रसुवा– भोटेकोशी बाढीपछि कोषमा ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर सङ्कलन भएको छ । उक्त रकम विपदअघिको कोषमा रहेको २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको हो ।
यस्तै,भदौ २३ गते आज मात्रै कोषमा ३० करोड ६२ लाख तथा १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।
