
Ksbus
Asbus
Ksbus
Ggp
Msbus
Lnp
Sdc
Ggp
Rgp


दाङ । देउखुरीको राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘राप्ती कृषि एप’ सञ्चालनमा ल्याएको छ ।
एपमार्फत किसानले मौसमको जानकारी,कृषि उपजको बजार मूल्य, बालीसम्बन्धी विवरण तथा पशुपालनसम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै,बालीमा लाग्ने रोग तथा कीराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र खेतीसम्बन्धी आवश्यक जानकारीसमेत एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । आफ्ना कृषि उपज निर्यात गर्न चाहने किसानले सम्बन्धित व्यापारी तथा खरिदकर्ताको सूची हेर्न सक्नेछन् । गाउँपालिकाले प्रकाशन गरेका कृषि क्षेत्रसम्बन्धी सूचना,कार्यक्रम तथा विभिन्न सेवाका लागि आवेदनसमेत एपबाटै दिन सकिने कृषि अधिकृत प्रदीप खत्रीले जानकारी दिए ।
यस्तै,उनका अनुसार एपमा किसानको विवरण डिजिटल रूपमा राखिने भएकाले गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रम,अनुदान तथा अन्य सेवा किसानसम्म पुर्याउन सहज हुनेछ । किसानले कृषि उत्पादन,पशुपालन,रोग–कीरा व्यवस्थापन लगायत विषयमा आवश्यक सूचना एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।
एप प्रयोग गर्न मोबाइलको प्ले स्टोरमा गई ‘राप्ती कृषि’ खोजेर डाउनलोड गर्न सकिनेछ । मोबाइल नम्बरबाट खाता दर्ता गरी प्राप्त ओटीपीमार्फत खाता प्रमाणित गरेपछि आवश्यक व्यक्तिगत विवरण तथा केवाईसी फाराम भर्न सकिनेछ ।
