
ksbus
Amb
Sdc


दाङ । नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल तुलसीपुर–४ रक्षाचौरको प्राविधिक तथा समाज कल्याण केन्द्र नेपालको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६,१७ र १८ को समन्वय सहयोगमा तुलसीपुर–१७,मानपुरमा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
समाज कल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमको अध्यक्ष तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीय नागरिक तथा समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
शिविरमा एक हजार २०५ जनाको आँखा जाँच गरिएकोमा १२८ जना मोतिविन्दुका विरामीहरु फेला परेका छन् । त्यस्तै ३७५ जनालाई आवश्यकता अनुसार चस्मा वितरण गरिएको बाह्य कार्यक्रम सहसंयोजक पूर्णबहादुर वलीले जानकारी दिए । शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई राप्ती आँखा अस्पतालमा रिफर गरि शल्यक्रिया गरिने छ । शिविरमा नेत्रविशेषज्ञ डा. सुमित पाण्डे सहितको प्राविधिक टोलिले सेवा दिएका थिए ।
