
Sdc
ksbus
Amb


धनगढी । कैलालीमा शनिबार आज एकैदिन दुई महिला सहित तीन जना मृत अवस्थामा भेटिएका छन् ।
गोदावरी र गौरीगंगा नगरपालिका क्षेत्रमा तीन जना फरक–फरक स्थानमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत भेटिनेमा गौरीगंगा नगरपालिका वडा नम्बर ३,कुचैनीकी ३० वर्षीया सुनिता सार्की,सोही वडाको तल्लो कुचैनीकी २८ वर्षीया पार्वती चौधरी र गोदावरी नगरपालिका–३,का प्रकाश बिक रहेका छन् ।
त्यस्तै,उनीहरु तीनै जना फरक–फरक स्थानमा मृत भेटिएका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
