
Usb
jsb
Ssb
Bsn
Rsb
Ksb
Rks
Ppu
Ksb
Csb
Ksb
Ssb
Gsb
Nsb
Tgp

Tsb
Ssb
Hl1
Usb
Gsb

ptl
Rgu
Nps
काठमाडौं । रंगहरूको पर्व फागु (होली) दाङ सहितका तराई-मधेसमा आज हर्षोलासपूर्वक होली पर्व मनाइँदै छ । पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।
होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
