Sidha Patra आइतबार, साउन १०, २०८३

दाङ । राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले कोइलाबास नाकाबाट २५ हजार रुपैयाँभन्दा बढी मूल्यका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरकारसँग पहल गर्न माग गरेका छन् ।

अर्थ मन्त्रालयलाई सम्बोधन गर्दै सदस्य घिमिरेले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकास्थित गढवा गाउँपालिका वडा नम्बर ८ मा रहेको कोइलाबास नाकालाई सहज बनाउन कूटनीतिक पहल आवश्यक रहेको बताएका हुन् । उनले नेपालतर्फको कोइलाबास भन्सार नाका र भारततर्फ उत्तर प्रदेशको बलरामपुर जिल्लामा रहेको जरुवा नाकाबीचको दूरी करिब ६ किलोमिटर मात्रै रहेको उल्लेख गरेका छन् ।

त्यस्तै,हाल भारतको जरुवा भन्सार कार्यालयबाट नेपालमा एकपटकमा २५ हजार रुपैयाँसम्मका मात्र मालसामान ल्याउन पाउने व्यवस्था रहेको र सोभन्दा बढी मूल्यका सामान ल्याउन रोक लगाइएको उनकाे भनाइ छ । यसले नेपाली उद्योगी व्यवसायीलाई ठूलो समस्या परेको र व्यापारमा असर पुगेको घिमिरेले बताए ।

वि.सं. २०५२ सालको सशस्त्र द्वन्द्वपछि २०५४/५५ सालदेखि उक्त नाकाबाट सामान ढुवानी कम हुँदै गएको र २०६५ सालदेखि जरुवा भन्सार कार्यालयले २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउन रोक लगाएको उनले जानकारी गराए । २५ हजार रुपैयाँभन्दा बढी मूल्यका मालसामान ल्याउन भारतको बड्नी (नेपालतर्फ कृष्णनगर) नाका प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै उनले उक्त नाका प्रयोग गर्दा व्यापारीलाई ढुवानी खर्च र समय दुवै बढी लाग्ने बताए ।

त्यस्तै,कोइलाबास-जरुवा नाकाबाट नै २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान आयात गर्न पाउने व्यवस्था मिलाउन भारत सरकारसँग कूटनीतिक संवाद र सहमति गरी समस्या समाधानका लागि पहल गर्न अर्थ मन्त्रालयसँग घिमिरेले आग्रह गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]