
Sdc
Dbc
Amb


दाङ । देउखुरीको राजपुरमा माटोको ढिस्को खस्दा पुरिएर एक बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)डा.हेम बहादुर केसीका अनुसार राजपुर गाउँपालिका वडा नम्बर २ बेलास्थित दुर्गा सामुदायिक वनभित्र ट्याक्टर लिएर माटो लिन गएका बेला माटोको ढिस्को खसेर १३ वर्षीय दिपेश चौधरी पुरिएका हुन् ।
शनिबार राति करिब ९ बजे १८ वर्षीय सुमित यादव र दिपेश चौधरी मिलेर ट्याक्टरमा माटो लिन गएका थिए । सोही क्रममा एक्कासी माटोको ढिस्को खस्दा दिपेश पुरिएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो । तर चिकित्सकले दिपेशलाई मृत घोषणा गरेका थिए ।
त्यस्तै,प्रहरीले ट्याक्टर चालक यादवलाई नियन्त्रणमा लिई घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता केसीले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
