Sidha Patra सोमबार, आषाढ २२, २०८३

कैलाली । धनगढीका १० वर्षीय बालकको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन् ।जिल्लाको धनगढी उपमहानगरपालिका –१७, धर्जनाका १० वर्षीय तनुज चौधरी असार १० गते साँझ ५ बजेदेखि बेपत्ता थिए ।

धान रोपाइँ चलिरहँदा बुवालाई खेतमा भेटेर साइकलमा एक्लै घर फर्किरहेका बालक बेपत्ता भएका थिए । उनको शव असार १२ गते स्थानीय कालिका सामुदायिक वनमा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको थियो ।

घटनापछि गौरीगंगा नगरपालिका–६ का २५ वर्षीय खगेन्द्र भनिने खेमराज कठायत फरार थिए । कठायत धनगढी उपमहानगरपालिका –२ स्थित नेपाल–भारत भन्सार रोडबाट सोमबार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए ।

हत्या गरिएका बालक तनुजको कानको मुन्द्रा फेला परेको थिएन । बुबा मीनराज चौधरीका अनुसार तनुजको दाहिने कानमा करिब २ आनाको सुनको मुन्द्रा थियो । सोही मुन्द्रा लुट्नका लागि आफूले बालकको हत्या गरेको प्रारम्भिक बयानका क्रममा खेमराजले स्वीकार गरिसकेको डिएसपी तिमिल्सिनाले बताएका छन् । खेमराज लागुऔषध सेवनकर्ता भएको तथ्य यसअघि नै प्रहरीले बताइसकेको थियो ।

त्यस्तै,उनले लागुऔषध खरिद गर्ने पैसाको जोहो गर्न बालकको हत्या गरी कानको मुन्द्रा निकालेर लगेको तथा त्यो मुन्द्रा कुनै ठाउँमा लुकाएर राखेको बयान गरेका छन् । अब मुन्द्राको खोजी गरिने डिएसपी तिमिल्सिनाले बताए । प्रहरी स्रोतका अनुसार बालकका हत्या आरोपी खेमराज सोमबार मात्रै छिमेकी देश भारत छिरेका थिए । भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउपछि नेपाल ल्याइएको हो ।

प्रहरी अनुसन्धानबाट हत्या आरोपी खेमराजले उनै बालक तनुजले स्थानीय खोलामा मारेका गंगटा उनका बुबा लगायत खेतमा काम गर्ने अन्य व्यक्तिहरूसँगै पोलेर खाएका थिए । त्यो बेला उनले सँगै मदिरा पनि सेवन गरेका थिए । प्रहरीले घटना अनुसन्धानका लागि सँगै गंगटा खाएका एक नाबालकसहित अन्य केहीलाई पनि नियन्त्रणमा लिएको छ । यद्यपि उनीहरूको घटनामा कुनै संलग्नता खुल्न नसकेको अधिकारीहरूले बताएका छन् ।

त्यस्तै,बुवालाई धान रोपाइँको काममा ढिलाइ हुन भएपछि बेलुकी तनुज एक्लै फर्किँदै गर्दा खेमराजले जंगलमा एक्लै फेला पारी उनीमाथि ढुंगा प्रहार गरी विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका खेमराजलाई प्रहरीले मंगलबार म्याद थपका लागि अदालतमा लैजाने भएको छ ।सेतोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]