
Gsl
Ddhbs
Bksbus5
Ssbus
Gsbus
Jsbus
Csbus
Pbu
gms
Amb
Ratbs
Nssbus7
Syees
dsbus
syysr
Rbs

Ksm
Rgu
Sls
Hal
Ssm
Bbu
Rsb
Asm
nsb
Wsp
Pvg
Ggd
Bbbpu
Rgs
Vor
Sbs
Tsm
Gst
Rgu

Gsb
Ptm
Pls
Syp
Abd
Jmb
Bml
bbt
Jmb
Rpp
sab
Mks
Rmb
दाङ । देउखुरीको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख (प्रहरी निरीक्षक)रमेश तिमिल्सिनाले प्रहरी र सञ्चारमाध्यमबीचको सहकार्यले शान्ति सुरक्षा तथा सूचना प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताएका छन् ।
बिहीबार वडा प्रहरी कार्यालय लमहीमा आयोजित पत्रकार तथा सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै उनले कानुन कार्यान्वयन गर्ने निकाय र सञ्चार क्षेत्रबीच आपसी सहयोग, समन्वय र सूचना आदानप्रदान आवश्यक रहेको उल्लेख गरे ।
त्यस्तै,उनले वडा प्रहरी कार्यालय लमहीबाट दिन मिल्ने कुनै पनि सूचना नरोकिने बताए । कार्यालयबाट दिन नमिल्ने सूचनाहरु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मार्फत दिने भएको हुँदा पत्रकारहरुले जिल्लाको प्रवक्तासंग लिएर समाचार प्रभाव गर्न सकिने उनको भनाइ थियो । स्याङ्जा जिल्लाबाट भरखरै दाङको लमही स्थित वडा प्रहरी कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका तिमिल्सिनाले नागरिकको सेवाको निम्ति आफू लगायत आफ्नो टिम चौबीसै घन्टा खटेर सेवा प्रदान गर्ने समेत बताएका छन् ।
परिचयात्म कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह,नेपाल टेलिभिजनका दाङ जिल्ला प्रमुख दशरथ घिमिरे,राप्ती दर्पण टेलिभिजनका संचालक अरुण बुढाथोकी,नयाँ युगबोध राष्ट्रिय दैनिकका देउखुरी समाचार प्रमुख राधेश्याम गुप्ता,दाङ देउखुरी बाताबरण पत्रकार मंचका अध्यक्ष तथा सिधा-पत्र अनलाइन टिभीका निर्देशक भानु जोशी,गोरखा पत्र राष्ट्रिय दैनिकका दाङ समाचार प्रमुख दिवाकर पोख्रेल,दाङ समाचार अनलाइन पत्रीकाका अध्यक्ष प्रिया स्मृती गज्मेर,घर सञ्चार डटकम अनलाइन पत्रीका संचालक टेकबहादुर पुन,पत्रकार मेगमन बुढा लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।
