
Sds
Gmk
Anm
Ksm
Gisld
Mbdvs
Pbu
mbd
Rbs

Rsb
Pvg
Hal
Ksm
Rgs
Wsp
Sls
nsb
Vor
Tsm
Bbu
Bbbpu
Sbs
Ggd
Rgu
Rgu
Gst
Ssm
Asm

Rmb
sab
Bml
Pls
bbt
Ptm
Jmb
Mks
Syp
Rpp
Jmb
Abd
Gsb
दाङ । देउखुरीको अमिलिया स्थित एक होटलबाट सुनजस्तो देखिने पहेँलो बहुमुल्य धातुसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बहुमुल्य धातुको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको टोलीले लमही नगरपालिका–९, अमिलियास्थित नमस्ते होटेलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी तथा सुचना अधिकारी डा. हेम बहादुर केसीले जानकारी दिए ।
त्यस्तै,पक्राउ पर्नेमा राजपुर गाउँपालिका–७ सुनपतरी नाका बस्ने ४० वर्षीय रुपलाल गिरी र रुकुम बाफिकोट गाउँपालिका वडा नम्वर ६ मग्मा बस्ने २२ बर्षिय दिलिप परियार रहेको उनले जानकारी दिए । उनका अनुसार गिरी भारतबाट उक्त धातु ल्याई बिक्री गर्न खोज्ने व्यक्ति हुनु भने परियार किन्ने व्यक्ति हुन ।
यस्तै,प्रहरीले उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातु २४६.५०० ग्राम -दुई सय छयालीस दशमलव पाँच सय ग्राम) तौल भएको ५२ लाख ७४ हजार रुपैयाँ मुल्य बराबरको धातु बरामद गरेको डिएसपी केसीले जानकारी दिए । पक्राउ परेका व्यक्ति र धातुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
