
Gisld
Mbdvs
Sds
Gmk
Pbu
Anm
mbd
Rbs
Ksm

Asm
Sls
Rsb
nsb
Wsp
Bbu
Rgs
Bbbpu
Hal
Sbs
Gst
Vor
Ssm
Ggd
Ksm
Rgu
Pvg
Rgu
Tsm

Syp
Jmb
Rmb
Bml
Jmb
sab
Pls
Mks
Ptm
Gsb
Abd
bbt
Rpp
काठमाडौँ । मेटा कम्पनीका प्रमुख उत्पादनहरु फेसबुक र म्यासेन्जरमा शुक्रबार नेपालसहित समस्या देखिएको छ। प्राविधिक समस्या देखिएको भन्दै विश्वभरका प्रयोगकर्ताहरुले रिपोर्ट गरिरहेका छन् ।
शुक्रबार साँझदेखि सुरु भएको यस समस्याका कारण प्रयोगकर्ताहरुको फेसबुक एकाउन्ट स्वतः लग-आउट भएको छ। पुनः लग-इन गर्न खोज्दा ‘अनपेक्षित त्रुटि’ वा ‘केही गलत भयो’जस्ता सन्देशहरु देखिएका छन् । जसले गर्दा प्रयोगकर्ताहरु आफ्नो एकाउन्टमा पहुँच बनाउन असमर्थ भएका छन् ।
त्यस्तै,फेसबुक र म्यासेन्जरको मोबाइल एप र वेबसाइट दुवैमा यो समस्या देखिएको हो। मेटाका अन्य सेवाहरु ह्वाट्सएप र इन्स्टाग्राम भने धेरै हदसम्म सञ्चालनमा रहे पनि इन्स्टाग्रामको वेब संस्करणमा भने केही समस्याहरु देखिएको रिपोर्ट गरिएको छ ।
यस्तै,मेटाले आफ्ना उपभोक्ता उत्पादनहरुको अवस्थाबारे जानकारी दिन कुनै आधिकारिक ‘स्टेटस पेज’ सञ्चालन गरेको छैन भने उसको बिजनेस टूल्स स्टेटस पेजमा समेत यस अवरोधबारे कुनै तत्काल अपडेट दिएको छैन ।
