
Pbu
mbd
Rbs
Mbdvs
Gisld
Sds

Ssm
Asm
Wsp
Rgs
Sbs
nsb
Tsm
Ksm
Vor
Gst
Hal
Rsb
Rgu
Sls
Bbu
Rgu
Ggd
Bbbpu
Pvg

Jmb
Syp
Jmb
Ptm
sab
bbt
Mks
Rpp
Gsb
Pls
Abd
Rmb
Bml
दाङ । उमेर नपुग्दै लहलहैमा लागेर किशोर किशोरीहरुले विवाह गर्दा पारिवारीक सम्वन्ध राम्रो नरहने, जन्मिएका बच्चाहरुमा अपांगता तथा अटिज्म र कुपोषण हुने अन्ततः उक्त विवाह सम्वन्धबिच्छेदमा परिणत हुने घटनाहरुलाई न्यूनीकरण गर्न सचेतनामूलक अभियानहरु सञ्चालन गरिएको छ ।
मुक्त कमलरी विकास मञ्च दाङले वालविवाह न्यूनिकरणका लागि देउखुरी क्षेत्रका गढवा गाउँपालिकाका ३ वटा तथा राप्ती गाउँपालिकाका केहि वडाहरुमा नियमित अभियान संचालन गरिरहेको कार्यक्रम संयोजक ज्ञानु थापाले जानकारी दिए ।
यसै कार्यक्रम अन्तर्गत विहीवार गढवा गाउँपालिका वडा नम्बर ५ को कार्यालयसंग समन्वय सहकार्य गरि वाल विवाहको अवस्था र कानूनी प्रवधान सम्वन्धि एक दिने अभिमुखिकरण तथा सरोकारवालाहरुसंग समिक्षात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
वडा नम्बर ५ का वडा अध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दांगका अध्यक्ष कमल गौतम र कार्यक्रम संयोजक ज्ञानु थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा सदस्यहरु नरेश चौधरी,पल्टुराम चौधरी,खिमा डांगी,निर्मला परियार,मावि चैनपुरका प्रअ हिमाल प्रकाश अधिकारी,आमा समूह तथा टोल विकास संस्थाका अगुवाहरु र पत्रकारको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुक्त कमलरी विकास मञ्चले यो कार्यक्रम सञ्चालन गरिरहदा पहिलेको अवस्थामा सकारात्मक सुधार भएको भन्दै वडा तहबाट पनि वालविवाह न्यूनीकरण गर्न कार्यक्रम बनाउनुपर्ने कुरामा जोड दिए । विद्यालय र सामुदायिक स्तरबाटै वाल विवाह गर्न नपाउने सन्देशलाई ब्यापकता दिनुपर्ने भन्दै यथास्थितिमा रहेर समाज रुपान्तरण हुन नसक्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक निमा चौधरीले गरेका थिए ।
कार्यक्रम अन्तर्गत विद्यालय छोडेका किशोर किशोरीहरुलाई बिद्यालयमा पठाउन आर्थिक प्रोत्साहन गर्ने,सचेतना कार्यक्रमहरु गर्ने, आयआर्जन तथा सिप विकासका कार्यक्रमहरु गर्ने,कुपोषण न्यूनीकरण गर्न पोषिला आहारहरुको ब्यवस्थापन गर्ने,किशोर किशोरीहरुलाई लैंगिक हिंसा न्यूनीकरणका मनो परामर्श प्रदान गर्ने, लागु औषध दुब्र्यशनी नियन्त्रणका प्रयासहरु गर्ने, वालविवाहका कानूनी प्रावधान सम्वन्धि डिजिटल सुरक्षा लगायत धेरै कार्यक्रमहरु गरिदै आएको र आगामी आर्थिक बर्षकालागि समेत कार्यक्रमहरुलाई निरनरता दिन ३८ लाख २७ हजार २ सय ५० रुपियाँ बजेट तय भएको कार्यक्रममा जानकारी गराइएको हो ।
