
Gisld
mbd
Sds
Rbs
Pbu
Mbdvs

Sls
Rgs
Tsm
Pvg
Ssm
Ksm
Rsb
Gst
Asm
Ggd
Bbu
Sbs
Bbbpu
Wsp
Rgu
nsb
Hal
Rgu
Vor

Ptm
Rpp
Abd
Jmb
Mks
Pls
Bml
bbt
Gsb
Syp
Rmb
Jmb
sab
रोल्पा । रोल्पामा आज बिहान मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार माडि गाउँपालिका वडा नम्बर १ पात्ले स्थित बल्ले–झिनुवा भित्री सडक खण्डमा गुडिरहेको मिनी ट्रक दुर्घटनामा परेको हो ।
बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भासिएर दुर्घटना भएको हो । ट्रक सडकबाट झन्डै ३० मिटर तल खसेको छ ।
त्यस्तै,दुर्घटनामा परी गाडीमा सवार सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ दुदिलाबोट निवासी ४७ वर्षीय चन्द्र बहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । यस्तै,दुर्घटनामा परी मिनी ट्रकका चालक दाङको बबई गाउँपालिका वडा नम्बर ५ जौबारी बस्ने ४२ वर्षीय नोखिराम वली घाइते भएका छन् ।
उनको ढाडमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ । चालक वलीलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
