प्रिया स्मृती गजमेर बिहिबार, जेठ २८, २०८३

दाङ । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले सरकारले स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेकि छिन् ।

लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्दै सांसद विश्वकर्माले स्वास्थ्य र कृषि क्षेत्र जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका महत्वपूर्ण क्षेत्र भएकाले यी क्षेत्रमा घोषणा गरिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्ने बताइन् । उनले बजेट तथा योजनामा प्राथमिकता दिइए पनि त्यसको प्रतिफल नागरिकले अनुभूति गर्न नसकेको उल्लेख गरिन् ।

सांसद विश्वकर्माले विशेषगरी पछाडि पारिएका, विपन्न तथा पहुँचविहीन समुदायका नागरिकहरुको जीवनस्तर सुधारका लागि सरकारले थप पहल गर्नुपर्ने आवश्यकता औंल्याइन् । राज्यका सेवा, सुविधा र विकासका अवसरबाट वञ्चित रहेका समुदायसम्म सरकारी कार्यक्रम पुग्नुपर्नेमा उनले जोड दिइन् ।

त्यस्तै,उनले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न, कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउन तथा ग्रामीण क्षेत्रमा रहेका नागरिकको जीवनयापन सहज हुने गरी सरकारले ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

यस्तै,सांसद विश्वकर्माले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सरकारको ध्यान स्वास्थ्य,कृषि तथा सामाजिक रुपमा पछाडि परेका समुदायको उत्थानतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्दै नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालका कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]