
Rbs
Sds
Mbdvs
Pbu
Gisld
mbd

Sls
Rgs
Hal
Pvg
Rgu
Ksm
Bbu
Sbs
Ssm
Rgu
Ggd
Rsb
Wsp
Asm
Bbbpu
Vor
nsb
Gst
Tsm

Mks
Pls
Jmb
Bml
Jmb
bbt
Rpp
Gsb
Syp
Ptm
Rmb
sab
Abd
दाङ । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित पब्लिक ज्ञानज्योति कलेजको रा १ क ४३३ नंम्बरको बस तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१८ गणेशपुर निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।
दुर्घटनामा परी २९ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज कोहलपुरमा पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

