ओमप्रकाश गुप्ता सोमबार, जेठ १८, २०८३

दाङ । राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका कमिटीले भूमिहीन, सुकुम्बासी,अव्यवस्थित बसोबासी तथा विभिन्न प्रकृतिका जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको उचित व्यवस्थापन गर्न माग गर्दै राप्ती गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टीका राप्ती गाउँपालिका अध्यक्ष ठाकुर प्रसाद आचार्यको नेतृत्वको टोलीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा नेपाल सरकारले जग्गाधनी पुर्जा प्राप्त नगरी विभिन्न प्रकृतिका जग्गामा बसोबास गरिरहेका नागरिकलाई हटाउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसले नागरिकमा त्रास र अन्योलको अवस्था सिर्जना गरेको बताएको छ ।

सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाए पनि बस्तीमा बसोबास गर्ने नागरिकहरू अझै चिन्तित रहेको उल्लेख गरिएको छ। वर्षायाम नजिकिँदै गएको अवस्थामा वैकल्पिक व्यवस्था बिना नागरिकलाई हटाउने कार्य मानवीय दृष्टिकोणले उचित नहुने भन्दै राज्यले आवासविहीन नागरिकको आवासको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ । तत्काल नीतिगत व्यवस्था गरि सबैको लगानी र जीवन सुरक्षित हुने गरि ब्यवस्थापन नगरे नागरिकको न्यायको लागि राष्ट्रिय जनमोर्चा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

त्यस्तै,ज्ञापनपत्र बुझ्दै अध्यक्ष विष्टले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा विभिन्न प्रकृतिका जग्गामा बसोबास गर्दै आएका नागरिकका समस्या संवेदनशील विषय भएको बताए । उनले नागरिकको आवास र बसोबासको अधिकार सुनिश्चित हुने गरी कानुनी तथा नीतिगत समाधानका लागि गाउँपालिका सदैव सकारात्मक रहेको उल्लेख गरे । अध्यक्ष विष्टले स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्र रहेर नागरिकका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने र आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै नागरिकको हितविपरीत हुने कुनै पनि निर्णयका विषयमा स्थानीय सरकार गम्भीर रहने बताए ।

यस्तै,जनमोर्चाले भूमिहीन तथा आवासविहीन नागरिकको अधिकार संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समन्वयात्मक ढंगले दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]