
Rgp
Pes
Lnp
Unsku
Pbu
Srbpu
Gfs
Djs
Sgr
sbs
pku
cjs
Rgp1
Ggp

Pvg
Bbbpu
Gst
Sbs
Ggd
Rsb
Rgu
Wsp
Hal
Ssm
Ksm
Rgs
Bbu
Vor
Sls
Tsm
Rgu
Asm
nsb

Rpp
Rmb
Syp
sab
Abd
Ptm
Bml
Jmb
bbt
Pls
Jmb
Gsb
Mks
दाङ । लुम्बिनी प्रदेश सभा सदस्य रत्नबहादुर खत्री ले सर्वोच्च अदालतका प्रधानन्यायाधीश डाक्टर मनोज शर्माको नियुक्ति राजनीतिक कनेक्सन र सेटिङका आधारमा भएको दावी गरेका छन् ।
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनकाे दाेस्राे बैठकलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका खत्रीले विगतदेखि नै राजनीतिक पहुँच र सेटिङ मिलाउन सिपालु शर्मा यसपटक पनि राजनीतिक शक्तिकै आडमा प्रधानन्यायाधीश बन्न सफल भएको दावी गरेका हुन् । `अतिरिक्त न्यायाधीश हुँदा कुनै राजनीतिक दलको कार्यालयमा कृतज्ञता दिन पुग्ने, आफ्ना काका प्रधानन्यायाधीश भएको बेलामा नियुक्ति खाने डाक्टर मनोज शर्मा अहिले पनि राजनीतिक कनेक्सनकै आधारमा प्रधानन्यायाधीश बनेको तथ्यले पुष्टि गर्छ,´उनल भने`प्रधानमन्त्रीले भनेजस्तो योग्यता र विज्ञताको आधारमा होइन, राजनीतिक सेटिङको आधारमा नियुक्ति भएको हो ।´
प्रदेश सभा सदस्य खत्रीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान गरेको बाँके जिल्ला अहिले विभिन्न विषयमा अन्यायमा पर्न थालेको टिप्पणी गरे । उनले प्रदेश सुशासन केन्द्रलाई अन्यत्र सार्ने प्रयास दुर्भाग्यपूर्ण हुने बताउँदै त्यसप्रति आपत्ति जनाए ।
`सुशासन केन्द्र नसारियोस्,´उनले भने`बाँके र त्यहाँका जनतालाई अन्याय हुने कुनै पनि कार्य स्वीकार्य छैन ।´ यस्तै उनले विद्युत अनियमित हुदा बाँके क्षेत्र समस्यामा परेकाे भन्दै प्रदेश र संघीय सरकारकाे ध्यानाकर्षण गराएका छन् ।
