Sidha Patra आइतबार, बैशाख २७, २०८३

मुगु । हिमाली जिल्ला मुगुमा आफ्नै गाडीको चक्काले च्यापिएर सह चालकको मृत्यु भएको छ । नाग्म – गमगडी सडक खण्ड अन्तर्गत पर्ने छायानाथ रारा नगरपालिका ८ सल्लेरीबाट २४ जना यात्रु बोकि जुम्लातर्फ जाने क्रममा जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ३ बर्ष २९ का राजेन्द्र खड्का बस मुनि च्यापिएर मृत्यु भएको हो ।

जुम्ला जिल्ला पातारासी गाउपालिका ७ पटमारा बस्ने बर्ष ४३ का शक्ति सिंह थापाले चलाएको क.प्र.०२ –००१ ख ०९८६ नं मिनि बस रोकि रहेको अवस्थामा साइड दिने क्रममा उक्त बसको चालकले थाहा नपाई गाडी ब्याक गर्ने क्रममा सहचालकलाई अगाडिको चक्काले च्यापिन गई घाईते भएका थिए ।

यस्तै,तत्काल उपचारको लागी २ बजे जिल्ला अस्पताल ठिनी पुर्‍याउदा जिल्ला अस्पताल मुगुका डा.निर्मल नगरकोटीले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक रविराज थपलियाले बताए । उनका अनुसार चालक र गाडी जिल्ला प्रहरी कार्यालय मुगुको नियन्त्रणमा रहेको बताए ।

त्यस्तै,उक्त मृत शब अस्पतालको शव गृहमा राखिएको र पोष्टमार्टम भई सकेपछि आफन्तलाई बुझाइने उनको भनाई रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]