
Ddhbs
Amb
dsbus
Rbs
gms
Jsbus
Ssbus
Ratbs
Bksbus5
Gsl
Gsbus
Csbus
Pbu
Nssbus7

Rgs
Ggd
Rgu
Rgu
Ksm
Vor
nsb
Wsp
Ssm
Bbu
Rsb
Tsm
Sbs
Gst
Asm
Pvg
Sls
Bbbpu
Hal

Pls
Jmb
Mks
Bml
Gsb
Rmb
Jmb
Rpp
bbt
Ptm
sab
Abd
Syp
दाङ । नेकपा माओवादी केन्द्र राजपुर गाउँ कमिटीले शनिबार एक कार्यक्रमको बीचमा राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाकाका अग्नि पीडितलाई ८५ हजारको राहत हस्तान्तरण गरेको छ ।
राजपुर गाउँ कमिटीका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यता र राजपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढाको विशेष अतिथिमा शनिबार अग्नि पीडित मन बहादुर सुनार र मनमाला सुनारको सामुह पुगेर १० फुटे ४२ वटा जस्तापाता,प्लेन पाता,काटी गरि ५५ हजार र १७ बोरा चामल,नुन तेल गरि ३० हजारको सामग्री हस्तान्तरण गरिएको नेकपा माओवादी राजपुर गाउँपालिका वडा नम्बर १ का वडा कमिटी अध्यक्ष नारायण पुन मगरले जानकारी दिनु भयो ।
सो राहत हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य थारुले यस अघि उक्त घटना स्थलमा पुगेर राहत प्रदान गर्ने निकायलाई हार्दिक धन्यवाद दिनु भएको छ । त्यस्तै उहाँले बिपदको समयमा आ-आफ्नो स्थानबाट सहयोग गर्नु नै मानवीय धर्म रहेकोले आगामी दिनमा अन्य सम्बन्धित निकायलाई सक्दो सहयोग गर्न समेत अनुरोध गर्नु भएको छ ।
उक्त राहत वितरण कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्याम बहादुर रोका,वडा नम्बर १ का वडा सदस्यहरु रामबहादुर सुनार,केशमाला सुनार,गोमा अधिकारी र अन्य नेता तथा कार्यकर्ताको सहभागी रहेको थियो ।
गएको फाल्गुन १७ गते मान बहादुर सुनार र २० गते मनमाला सुनारको घर-गोठ जलेर पुरै नस्ट भएको थियो । उक्त घटना भएको खबर सो गाउँको बाल अधिकार प्राथमिक विद्यालयका प्रधानध्यापक दिलाराम यादवले सिधापत्र अनलाइनलाई जानकारी गराएपछि उक्त समाचार अनलाइन पत्रीकामा प्रकाशन भएको थियो । त्यस्तै सो समाचार प्रकाशन भएपछि,नेपाली काङ्ग्रेसले फाल्गुन २८ गते घटना स्थलमै पुगेर ५९ हजार बराबरको राहत हस्तान्तरण गरेको थियो ।
