
pku
Rgp1
sbs
Unsku
Lnp
Ggp
Djs
Srbpu
Rgp
Gfs
Sgr
cjs
Pes
Pbu

Bbbpu
Ksm
Sls
Pvg
Vor
Rsb
Ssm
Rgu
Hal
Rgu
Wsp
Bbu
Ggd
Asm
Tsm
Sbs
nsb
Rgs
Gst

Jmb
Mks
Bml
bbt
Rpp
Rmb
Gsb
sab
Jmb
Abd
Ptm
Pls
Syp
दाङ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीले आउँदो २०८३ साल श्रावण १ गतेदेखि कार्यालयमा सञ्चालन हुँदै आएका विद्युत महसुल बुझ्ने काउन्टर बन्द गर्ने जनाएको छ ।
प्राधिकरणले सूचना जारी गर्दै उक्त मितिदेखि सम्पूर्ण सेवाग्राहीहरुले अनलाइन माध्यमबाट मात्रै विद्युत महसुल भुक्तानी गर्नुपर्ने जानकारी दिएको हो । प्राधिकरणका अनुसार अब सेवाग्राहीहरुले मोबाइल बैंकिङ, ई–सेवा,खल्ती,आईएमई पे लगायतका डिजिटल भुक्तानी प्रणालीमार्फत सहज रूपमा महसुल तिर्न सक्नेछन् । कार्यालयमा हुने भीडभाड कम गर्ने,सेवा प्रवाहलाई छिटो तथा प्रभावकारी बनाउने तथा डिजिटल प्रविधिको प्रयोगलाई विस्तार गर्ने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ ।
यस निर्णयसँगै अब विद्युत महसुल बुझाउन कार्यालयमा लामो लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ । तर ग्रामीण क्षेत्रका केही सेवाग्राहीलाई सुरुवाती चरणमा अनलाइन प्रणाली प्रयोग गर्न कठिनाइ हुन सक्ने अनुमान गरिएको छ । प्राधिकरणले सेवाग्राहीहरुलाई समयमै अनलाइन प्रणालीको प्रयोग गर्न आग्रह गर्दै भुक्तानी गर्दा ग्राहक नम्बर तथा विवरण सही रुपमा प्रविष्ट गर्न अनुरोध गरेको छ । साथै कुनै समस्या वा अन्य जानकारी आवश्यक परे वितरण केन्द्र लमही वा सम्बन्धित डिजिटल सेवा प्रदायकसँग सम्पर्क गर्न सकिने जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले पछिल्लो समय देशभर डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ । सोही अभियानअन्तर्गत लमही वितरण केन्द्रले पनि पूर्ण डिजिटल भुक्तानी प्रणाली लागू गर्न लागेको हो ।
