
mbd
Rbs
Gisld
Mbdvs
Sds
Pbu

Bbu
Sls
Ggd
Wsp
Tsm
Ssm
Asm
Vor
Ksm
Rsb
Hal
Sbs
Bbbpu
Gst
Rgu
Pvg
nsb
Rgs
Rgu

Gsb
Jmb
Pls
Syp
sab
Rpp
Ptm
Abd
Bml
Rmb
bbt
Jmb
Mks
दाङ । सटरको भाडा कति तिर्नु भएको छ ? गढवाका एक ब्यवसायि ओमप्रकाश बस्यालको जवाफ आयो – मासिक २० हजार मात्र तिर्नुपरेको छ । अहिले त २० हजार मात्र हो । पाँच बर्ष भित्र ४० हजार पुगाउने छन् भन्ने लागिरहेको छ । यत्रो भाडा त घोराहीमा छैन । बुटवल नेपालगंजमा पनि छैन होला जस्तो लाग्छ–गढवा बजारको दक्षिण पश्चिम चोंकमा संचालित अक्सफोर्ड मोवाईल सेण्टरका प्रोपाइटर ओमप्रकाश बस्यालले भने । यस्तै हो भने १÷२ महिना पछि पसल छोडेर खबरीखुटी तिर बाख्रा पालेर बस्नुपर्ने अवस्था आउँने छ । बाहाल कर पनि हामी ब्यवसायिले बुझाउनु पर्ने अनि सटर भाडा पनि हामीले नै । यो कहाँको नियम हो ? स्थानीय सरकारले यस बिषयमा ध्यान दिनुपर्यो–बस्यालले भने ।
वरिपरि कसैको पनि यत्ति धेरै भाडा छैन । यो त अचाक्ली भयो । मासिक २० हजार भाडा तिरेर के खाने, के कमाउने ? हामी ब्यवसायिहरुको हक हितका लागि बोल्ने उद्योग बाणिज्य संघले चाँसो दिनुपर्यो । गाउँपालिकाले बाहालमा दिएको गढवा चोकका आफ्ना ब्यवसायिक सटरधनीहरु संग पनि यत्रो भाडा लिएको छैन । मापदण्ड बिपरित भाडा असुल्ने यो अन्याय नै भएको छ– आधुनिक सुनचाँदी पसलका प्रोपाइटर बिनोद रामदामले भने । सोही घरमा साझा एग्री सप्लायर्स भर्खरै खुलेको पसल हो । उसले पनि सानो सटरको १५ हजार मासिक भाडा तिरेको बताएको छ ।
देउखुरीको गढवा बजारमा यी ३ वटा सटरहरुको बाहेक अरु कसैको पनि यत्ति चर्को भाडादर छैन । गढवा बजार चोंकको उत्तर पुर्व तर्फ ११ वटा सटर गाउँपालिकाले निर्माण गरि बाहालमा दिएको छ । तर ति सटरहरु ८ हजार देखि १२ हजार सम्म भाडामा लगाईएको गाउँपालिकाले बताउँछ । चोंकका छेवैका सटरहरु १० देखि ११ हजार मासिक भाडामा गएका छन् तर तिनवटा सटरहरु मात्र चर्को भाडामा दबिएको पाइएको छ । त्यसो त गढवाको दिनभरको ब्यापारलाई नियाल्ने हो भने १० हजार भाडा पनि अत्यधिक हो । नियमन गर्ने निकायको निश्कृयताका कारण तिर्नुपर्ने बाध्यता छ –स्थानीय ब्यवसायि मक्बुल अलि मियाले भने ।
गढवा बजारको चोंक देखि ५ सय मिटर चारैदिशाका सटरहरुको भाडामा एकरुपता छैन । त्यहि दुरी भित्र मासिक ४ हजार देखि २० हजार सम्म ब्यवसायिहरुले भाडा तिरेका छन् । उद्योग बाणिज्य संघले स्थान हेरेर भाडादर निर्धारण गर्नुपर्छ । घरधनीले मनपरि भाडा असुल्न कुनै कानूनमा लेखेको छैन,ब्यवसायिहरु प्नि आफै सजग हुनु पर्छ । जत्ति भन्यो उत्ति भाडा दिइहाल्ने यो प्रबृत्ति पनि राम्रो होइन – स्थानीय बुद्धिजिवीहरुको भनाई छ ।
गढवाका केहि घरधनीहरु बर्षमा २ पटक सम्म भाडा बृद्धि गर्छन् । बाहालकर घरधनीले तिर्नुपर्ने कानूनी ब्यवस्था छ तर ब्यापारी आफैले तिरिरहेको गढवाको वास्तविकता छ । यसरी मनपरि भाडा लिन मिल्दैन । सरोकारवालाहरुले चाँसो दिएर नियमन गर्नुपर्छ–स्थानीय ब्यवसायि युवराज आचार्यले भने ।
देउखुरीको गढवामा सटरभाडा अत्यधिक भएको भन्दै सर्बत्र बिरोध आउन थालेपछि गढवा उद्योग बाणिज्य संघको ध्यान तानिएको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले भने । हामी घरधनी र ब्यापारिहरुलाई एकै थलोमा बोलाई छलफल गराउने योजनामा छौं जसमा स्थानीय सरकारसंग पनि समन्वय गर्ने छौं–उनले भने । भाडादर नियमन गर्ने पर्छ,भाडामा लिने ब्यवसायीहरु प्नि आफै सजग हुनु पर्छ–उनले भने । यसै बिच गढवा उद्योग बाणिज्य संघले भाडादर नियमनमा चाासो दिएको छ ।
भने हालै आफ्नो कार्य क्षेत्र गढवा र राजपुरका ९ स्थानहरुमा संघको घुम्ती टोली परिचालन गरि ब्यवसायिहरुको गुनासो तथा सुझाव संकलन गरेको संघले जनाएको छ । सुझाव संकलन पछि कर कार्यालयबाट कर अधिकारीहरु, गाउँपालिका र सांसदलाई समेत आमन्त्रण गरि करका बिषयमा सचेतना कार्यशाला सम्पन्न गरेको संघले जनाएको छ । गाउँपालिका, घरधनी र हामी बसेर घरभाडा र बाहालकरको बिषयमा उठेको नजिर संबोधन हुनेगरी छलफल चलाउने छौं–संघका अध्यक्ष खिमबहादुर बुढा मगरले बताएका छन् ।
