
Anm
Sds
Gisld
Rbs
Pbu
Ksm
Mbdvs
mbd
Gmk

Sls
Sbs
Wsp
Asm
Rgu
Rgs
Vor
Ksm
Hal
Ggd
nsb
Tsm
Rgu
Gst
Ssm
Bbu
Rsb
Pvg
Bbbpu

Bml
Syp
Pls
bbt
Rmb
Gsb
Ptm
sab
Mks
Jmb
Abd
Jmb
Rpp
रोल्पा । रोल्पामा एक महिलामाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
त्यस्तै,पक्राउ पर्नेमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ बलचौरका २३ वर्षीय अनिल वादी नेपाली,सोही ठाउँका २० वर्षीय सुनिल वादी र सल्यानको कालिमाटी गाउँपालिका–५ हात्तिदमारका ४४ वर्षीय धिरज भनिने धनबहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
यस्तै,वैशाख २२ गते बेलुका साढे ६ बजेतिर जिल्लाको सुनिलस्मृति गाउँपालिका – २ की ४० वर्षीया एक महिला आफन्तीको घर माडी गाउँपालिका – १ चिहानडाँडाबाट जंगलको बाटो हुँदै पैदल लिबाङ जाँदै गर्दा उनी माथी तीन जना युवाहरु मिलेर सामूहिक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
त्यस्तै,पीडित महिलाले वैशाख २४ गते आफूमाथि भएको घटनाबारे जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगेर लिखित रुपमा केटानी जाहेरी दिएको प्रहरीले बताएको छ । जाहेरीको आधारमा प्रहरी निरीक्षक गोपालप्रशाद श्रेष्ठको नेतृत्वमा खटिएका ५ जनाको टोलीले सडक निर्माणमा खटिएका उनीहरु तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
यस्तै,उनीहरु तीनै जना रोल्पाको माडी गाउँपालिका– ६ लाप्चुङस्थित निर्माणाधीन मदन भण्डारी सड्क खण्डको कलर्भट मर्मतको काममा खटिँदै आएका मजदुर भएको प्रहरीले बताएको छ । पक्राउ गरिएका तीनै जनालाई इलाका प्रहरी कार्यालय घर्ती गाउँको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
