
Rsbus
dsbus
Gsl
Nssbus7
Bsbus
Ssbus
Csbus
Ksbus
Gsbus
bpmhl
Lsbus
gms
Ssbus
Bksbus5
Jsbus
Ksbus
Ssbus
Pbu
Ksbus

Pvg
Asm
Rgu
Hal
Gst
Ssm
Wsp
Ggd
Rgu
Bbu
Ksm
Sls
Rgs
nsb
Tsm
Bbbpu
Vor
Rsb
Sbs

Bml
Jmb
bbt
Rmb
Rpp
Syp
Gsb
Abd
Ptm
Pls
Mks
sab
Jmb
दाङ । अन्नपूर्ण आवासीय माध्यमिक विद्यालय नयाँ व्यवस्थापनसहित सञ्चालनमा आएको छ । दाङको घोराहीमा रहेको पुरानो निजी विद्यालय अन्नपूर्णले अब सूचना प्रविधिमा आधारित अनुसन्धानमूलक शिक्षालाई प्राथमिकता दिँदै नयाँ ढंगले अध्यापन सुरु गरेको हो ।
२०४५ सालमा स्थापना भएको विद्यालयमा नयाँ व्यवस्थापन आएपछि आधुनिक शिक्षा प्रणालीअनुसार विद्यार्थीलाई प्रविधिसँग जोडेर शिक्षण गर्ने योजना अघि बढाइएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल हिमाल महराका अनुसार अहिलेको समयअनुसार बालबालिकालाई विद्यालय तहदेखि नै सूचना प्रविधिको प्रयोग गरेर अध्ययन गर्ने बानी विकास गराउन आवश्यक छ । “किताबमा लेखिएको कुरा घोकेर मात्रै ज्ञान प्राप्त हुँदैन, विद्यार्थीलाई अनुसन्धानमूलक ढंगले सिकाउने वातावरण तयार गर्नुपर्छ,” उनले बताए।
त्यस्तै उनका अनुसार अब विद्यालयमा विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी सिर्जनात्मक सोच, खोज तथा व्यवहारिक ज्ञानमा केन्द्रित गरिनेछ । सूचना प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य विद्यालयले लिएको छ ।
विद्यालयका भाइस–प्रिन्सिपल गिरिराज घर्ती मगरले नयाँ व्यवस्थापनसँगै शिक्षासँगै संस्कार निर्माणमा पनि विशेष जोड दिइने बताए । “संस्कारविहीन शिक्षाले असल नागरिक निर्माण हुन सक्दैन,”उनले भने । मगरका अनुसार अन्नपूर्ण स्कुलले आगामी दिनमा विद्यार्थीलाई आधुनिक शिक्षा,अनुशासन, नैतिकता र व्यवहारिक सीपसँग जोड्दै गुणस्तरीय शिक्षाको नयाँ मोडल स्थापित गर्ने लक्ष्य लिएको छ ।
विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता विकास गराइने विश्वास व्यवस्थापनको छ ।
