
Srbpu
Lnp
Ggp
Rgp
pku
Pbu
Unsku
Sgr
Rgp1

Sls
Bbu
Tsm
Gst
Rsb
Ggd
Rgu
nsb
Sbs
Hal
Rgu
Bbbpu
Asm
Pvg
Vor
Wsp
Rgs
Ksm
Ssm

Pls
Abd
Jmb
Ptm
Syp
Rpp
sab
Rmb
Bml
Jmb
Mks
Gsb
bbt
दाङ । “१३७ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस” को अवसरमा दाङको राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ कालापानीस्थित राप्ती आधारभूत अस्पतालमा सञ्चालन गरिएको उक्त शिविरबाट १ सय ३८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा लिएका छन् ।
शिविरमा आँखा,नाक,कान तथा घाँटी सम्बन्धी परीक्षण,श्रवण शक्ति परीक्षण,रगत तथा पिसाब परीक्षणलगायतका सेवा प्रदान गरिएको थियो। साथै हाडजोर्नी तथा नसासम्बन्धी समस्याबाट पीडित बिरामीहरुलाई विशेषज्ञ चिकित्सकमार्फत परामर्श तथा उपचार सेवा उपलब्ध गराइएको थियो ।
त्यस्तै शिविरमा वरिष्ठ नाक,कान तथा घाँटी रोग विशेषज्ञ डा.के.बी.श्रेष्ठ,डा.विशेष रेग्मी तथा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.राजकृष्ण श्रेष्ठ,तिलगंगा आँखा उपचार केन्द्र सिसहनियाँका इन्चार्ज बिमल बिसीलगायतका चिकित्सकहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मजदुरहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै यस्ता कार्यक्रमले प्रत्यक्ष लाभ पुगेको बताए । उनले आगामी दिनमा समेत श्रमिक लक्षित स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
