
Pbu
Lnp
Rgp
Ggp
Unsku
Sgr
pku
Rgp1
Srbpu

Rgu
Sls
Rgu
nsb
Ssm
Bbu
Gst
Bbbpu
Wsp
Rsb
Asm
Ggd
Vor
Sbs
Rgs
Tsm
Pvg
Hal
Ksm

Jmb
Pls
bbt
Gsb
Jmb
Ptm
sab
Bml
Abd
Rmb
Rpp
Syp
Mks
दाङ । देउखुरीको लमहीमा लाटोकोसेरो तथा हुचिल संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित पहिलोपटक उत्सव सुरु भएको छ । समुदायका नागरिक र विद्यार्थीहरुको उत्साहजनक सहभागितासहित सुरु भएको उत्सवले संरक्षणप्रति साझा प्रतिबद्धता जनाएको छ ।
अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरु’ संस्थाको संयुक्त आयोजनामा सुरु भएको १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले गरेका हुन् । उद्घाटन कार्यक्रममा उनले वातावरण र वन जोगाए मात्र लाटोकोसेरो जस्ता चराको संरक्षण सम्भव हुने भन्दै यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए ।
त्यस्तै उत्सवमा तीन वटा अस्थायी संग्राहलय मार्फत लाटोकोसेरोसँग सम्बन्धित दृश्य सामग्री, जानकारीमूलक आकृति र यसको महत्व प्रस्तुत गरिएको छ । साथै ४० भन्दा बढी स्टलमार्फत चरा, पुतली र प्रकृति संरक्षणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । सहभागीहरुले हात तथा अनुहारमा लाटोकोसेरो चित्र अंकित गरी उत्सवलाई थप रौनक दिएका छन् ।
लाटोकोसेरोलाई हेलारी चराको रूपमा हेर्ने गलत धारणा हटाउँदै यसको पारिस्थितिक महत्वबारे जानकारी दिइएको छ । किसानको साथीका रूपमा चिनिने यो चराले मुसा नियन्त्रण गरी कृषिमा महत्वपूर्ण योगदान पुर्याउँछ । एक समूहले एक सिजनमा करिब तीन हजारसम्म मुसा खाने तथ्य प्रस्तुत गरिएको छ ।
कार्यक्रममा चरा अवलोकन,लघु संग्रहालय,रोबोट प्रदर्शनी,स्लाइड तथा भिडियो प्रस्तुति जस्ता गतिविधि समावेश गरिएका छन् । साथै थारु, मगर,गुरुङ र कुमाल समुदायका सांस्कृतिक नृत्य, भजन तथा स्थानीय खेल प्रतियोगिताले उत्सवलाई थप आकर्षक बनाएको छ ।
संरक्षणकर्मीहरुका अनुसार अवैध व्यापार, चोरी सिकार, बासस्थानको अभाव,रासायनिक विषादीको प्रयोग तथा आहाराको कमीका कारण लाटोकोसेरो संकटमा पर्न थालेको छ। ठूला रुखको कटान र परम्परागत घर संरचनाको अभावले यसको बासस्थान र प्रजननमा समेत असर परेको छ ।
प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले लाटोकोसेरोले प्रकृतिको सन्तुलन कायम राख्ने महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । त्यस्तै अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले समुदायस्तरबाट संरक्षणको पहल आवश्यक रहेको उल्लेख गरे ।
नेपालमा लाटोकोसेरो तराईदेखि हिमालसम्म पाइने भए पनि यसको यकिन संख्या छैन । विश्वभर करिब २३० प्रजातिका लाटोकोसेरो पाइन्छन् भने नेपालमा करिब ८८६ प्रजातिका चरामध्ये ३९ प्रजाति संकटापन्न अवस्थामा रहेको तथ्यांक छ ।

