
Bksbus5
Gsl
Ssbus
Lsbus
bpmhl
Ksbus
Rsbus
Ssbus
Nssbus7
Bsbus
Ksbus
Ksbus
gms
Pbu
Csbus
Jsbus
dsbus
Gsbus
Ssbus

Ggd
Gst
Hal
Rgu
Tsm
Wsp
Pvg
nsb
Asm
Rsb
Ksm
Ssm
Bbbpu
Rgu
Vor
Sbs
Rgs
Sls
Bbu

Gsb
Syp
bbt
Bml
Pls
Rmb
Rpp
Jmb
Jmb
sab
Ptm
Abd
Mks
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गरेका छन्। आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताएका दिए।
बैठकमा पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई केन्द्रमा राख्दै ६ वटा मुख्य एजेन्डा तय गरिएको छ। प्रवक्ता झाका अनुसार विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल गरिनुका साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनबारे निर्णय हुने छ।
त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनलाई सुदृढ बनाउन बैंक खाता सञ्चालन सम्बन्धी विषयमा पनि छलफल हुने जनाइएको छ। पार्टी संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूमा मनोनयनका विषयमा समेत सचिवालयले निर्णय लिनेछ।
रास्वपाले यसपटक ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’ जस्ता नयाँ पहललाई पनि बैठकको प्रमुख एजेन्डा रहेकाे छ।
यसका अतिरिक्त, प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवीसम्बन्धी विषयमा पनि विस्तृत छलफल हुने प्रवक्ता झाले बताएका छन्।
