
Ksbus
Bsbus
Bksbus5
Ssbus
Ssbus
Rsbus
Gsl
Ksbus
gms
Ssbus
Pbu
Gsbus
Ksbus
Csbus
bpmhl
Jsbus
Lsbus
Nssbus7
dsbus

Sbs
Wsp
Gst
Sls
Ssm
Rgu
Rsb
Rgs
Tsm
Bbu
Rgu
Bbbpu
Ksm
Ggd
Asm
Hal
Vor
nsb
Pvg

Syp
Rpp
bbt
Ptm
sab
Jmb
Gsb
Rmb
Abd
Mks
Pls
Jmb
Bml
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्र गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानुनसम्म ठहर गर्दै सदर गरेको छ।
न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनमार्फत चयन भएको कार्यसमितिलाई मान्यता दिने निर्णयलाई वैध ठहर गरेको हो।
यस निर्णयसँगै विशेष महाधिवेशनलाई मान्यता दिन नहुने शेरबहादुर देउवा समूहको माग अप्रत्यक्ष रूपमा अस्वीकृत भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार पूर्णबहादुर खड्काद्वारा दायर रिट निवेदन खारेज गरिएको छ।
अब विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले गर्ने सबै कामकारवाहीले निरन्तर वैधानिक मान्यता पाउनेछ। यसअघि निर्वाचन आयोगले उक्त कार्यसमितिलाई वैधानिकता दिएपछि देउवा समूह त्यसको विरोध गर्दै सर्वोच्च अदालत पुगेको थियो।
शुक्रबार थापा पक्षका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, सीताराम केसी, गोपालकृष्ण घिमिरे, सेमन्त दाहाल, दीनमणि पोखरेल, चन्द्रकान्त ज्ञवाली, पूर्णमान शाक्य, शैलेन्द्र दाहाल र यदुनाथ खनालले बहस गरेका थिए भने देउवा पक्षका अधिवक्ताहरू रमेश बडाल, रमण श्रेष्ठ र गोविन्द बन्दीले प्रतिवाद गरेका थिए।
यसअघि माघ ६ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै विपक्षीहरूसँग लिखित जवाफ मागेको थियो। त्यसपछि दुवै पक्षबाट लिखित जवाफ पेस भई अन्तिम सुनुवाइपछि आज शुक्रवार फैसला आएको हो।
