
mbd
Rbs
Gisld
Mbdvs
Pbu
Sds

Sbs
Rgu
Rgu
Gst
Rgs
Rsb
Tsm
Ssm
Hal
Bbu
Vor
Ksm
Pvg
nsb
Bbbpu
Asm
Sls
Wsp
Ggd

Bml
Ptm
Pls
Rmb
bbt
Syp
Gsb
Mks
Rpp
Jmb
sab
Jmb
Abd
दाङ । आगलागीका घटनाबाट यसवर्ष दाङका दुई जना सहित देशभर ३ सय ३२ जना घाइते भएका छन् ।
जसमा यसवर्ष देशभर ७९ जनाको मृत्यु भएको छ । यता दाङमा भने आगलागीको घटनाबाट यसवर्ष कसैको पनि मृत्यु नभएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।
गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख यता मात्रै आगलागीबाट देशभर दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएको हो । आगलागीबाट एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । गृह मन्त्रालयले गर्मी मौसम बढेसँगै अब आगलागीका घटना बढ्ने भएकाले सतर्क हुन सबैमा अनुरोध गरेको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार वैशाख यता दाङमा ३९ वटा आगलागीका घटना भएका छन् । जसबाट २ करोड ८० लाख ३६ हजार ६ सय २० रुपैयाँको क्षति भएको केन्द्रका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभयो । यस्तै गत वर्ष १ सय ७६ वटा आगलागीका घटना हुदा ५ करोड ५१ लाख ५७ हजार २ सय ८० रुपैयाँको क्षति भएको उहाँले जानकारी दिनुएको छ ।
