
Rsbus
Gsl
Pbu
Ksbus
Lsbus
Ssbus
dsbus
Ssbus
Bsbus
Bksbus5
Csbus
Jsbus
Nssbus7
Ksbus
Ksbus
gms
bpmhl
Ssbus
Gsbus

Tsm
Sbs
Asm
Rgu
Rgs
Rsb
Gst
Vor
Sls
Ssm
nsb
Hal
Pvg
Rgu
Bbbpu
Wsp
Ggd
Ksm
Bbu

Mks
Jmb
Rmb
Jmb
Gsb
Ptm
bbt
Rpp
Bml
Abd
Pls
sab
Syp
धनगढी। बाजुराको बडिमालिका नगरपालिकाले सामुदायिक विद्यालयहरूको बिदा व्यवस्थापनमा नीतिगत स्पष्टता माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ।
संघीय सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गरेपछि विद्यालयले वार्षिक न्यूनतम २२० शैक्षिक दिन पूरा गर्न कठिन भएको भन्दै नगरपालिकाले हप्तामा एक दिन मात्रै बिदा कायम गर्न सुझाव दिएको हो।
नगर प्रमुख अमर खड्काले मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा हालको दुई दिने बिदा प्रणाली, विभिन्न चाडपर्व तथा प्रशासनिक बिदाका कारण विद्यालयमा वास्तविक पठन–पाठन दिन उल्लेखनीय रूपमा घट्दै गएको उल्लेख गरिएको छ। यसले शैक्षिक गुणस्तर, विद्यार्थीको सिकाइ उपलब्धि र नियमित अध्ययन प्रक्रियामा प्रत्यक्ष असर पारिरहेको नगरपालिकाले जनाएको छ।
पत्रमा शिक्षा नियमावली, २०५९ को नियम ८४ (५) अनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने स्पष्ट व्यवस्था भए पनि हालको बिदा संरचनाले यसको कार्यान्वयनमा व्यावहारिक समस्या सिर्जना गरेको छ।
नगरपालिकाका अनुसार नगर प्रमुखको अध्यक्षतामा सम्पन्न प्रधानाध्यापकहरूको परामर्श बैठक, शिक्षा समितिको सिफारिस तथा कार्यपालिका बैठकले स्थानीय शैक्षिक अवस्था, भौगोलिक जटिलता र सिकाइ वातावरणलाई ध्यानमा राख्दै बिदा व्यवस्थामा पुनर्विचार आवश्यक ठहर गरेको हो।
पत्रमा दुई दिने साप्ताहिक बिदाबाट देखिएका समस्या पनि औंल्याइएको छ। जसअनुसार २२० शैक्षिक दिन पूरा गर्न कठिन हुनु, पाठ्यक्रम समयमै सम्पन्न नहुनु, परीक्षा तयारी प्रभावित हुनु तथा विद्यालय सञ्चालन अनियमित हुँदा विद्यार्थीको अनुशासन र नियमितता कमजोर हुनु मुख्य चुनौतीका रूपमा उल्लेख गरिएको छ।
त्यसैगरी सामुदायिक विद्यालय लामो समय बन्द हुँदा निजी विद्यालयतर्फ विद्यार्थी पलायनको जोखिम बढ्ने, ग्रामीण क्षेत्रमा विद्यार्थीहरू घरायसी तथा कृषि कार्यमा बढी संलग्न भई अध्ययनमा कमी आउने तथा स्थानीय सन्दर्भमा दुई दिने बिदाको औचित्य कमजोर देखिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख खड्काले स्थानीय तहमा अभ्यास हुँदै आएको मोडलअनुसार शनिबार मात्रै बिदा दिने व्यवस्था शैक्षिक दृष्टिले बढी व्यवहारिक र प्रभावकारी हुने निष्कर्ष निकालेको जनाइएको छ।
नगरपालिकाले मन्त्रालयसँग सामुदायिक विद्यालयहरूको बिदा व्यवस्थापनबारे तत्काल नीतिगत स्पष्टता, आवश्यक परिमार्जन वा स्थानीय तहअनुसार लचिलो कार्यान्वयन निर्देशिका जारी गर्न आग्रह गरेको छ।
