टेकबहादुर पुन बिहिबार, चैत्र ०५, २०७७

दाङ । देउखुरीका अग्निपिडितहरुका लागि विभिन्न संघ संस्थाद्वारा राहत उठ्ने क्रम जारी रहेको छ ।

लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि बुधवार बिभिन्न संघसँस्था तथा ब्यक्तिहरुले राहत स्वरुप नगद तथा खाद्यान्न हस्तान्तरण गरेका छन् । पिडितका लागि आएको राहत वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले एकद्वार प्रणाली मार्फत बितरण गरेको वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिनु भयो ।

बुधबार मध्यनगर टोल बिकास सँस्थाबाट नगद १० हजार २ सय ५० रुपैया, ६ सय १४ किलो खाद्यान्न,हसनापुर टोल बिकास सँस्था लमही-७ बाट नगद ११ सय ५० रुपैया, खाद्यान्न ६ सय ४० किलो लगायत भाँडाकुडा र काठ, लमही चेम्बर अफ कमर्स बाट प्राप्त १० हजार १ सय ५ रूपैया नगद हस्तान्तरण गरिएको हो ।

त्यस्तै देउराली बिजुली पसल लमहीका सञ्चालक डिल्ली खनालबाट १ सय ६० किलो खाद्यान्न, लत्ताकपडा र झुल, लमही जेसिजबाट प्राप्त ५१ हजार ६ सय ५ रूपैया नगद, छुट्की महरूवा टोल बिकास सँस्थाबाट १० हजार ७५ रूपैया, ३ सय ९५ किलो खाद्यान्न, ५ पिस गुन्द्री र प्रेम भाँडा पसल लमहीका सञ्चालक झपेन्द्र आचार्य बाट उपलब्ध १२ पिस भाँडाकुडा बुधवार हस्तान्तरण गरिएको हो । गत सोमबार बिहान तार सर्ट भई आगलागी हुँदा २५ जना बिस्थापित भएका छन् । वडा कार्यालयले सबैसँग सहयोगको याचना गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]