
Sebsg
Gipsg
Gipsg
Gmssl
Pbu
Gst
Unsku
gst
Gsg

Pvg
Tsm
Rgs
Wsp
Vor
Sls
Ksm
Rgu
Rgu
Gst
Ggd
Bbu
Bbbpu
Sbs
nsb
Ssm
Asm
Hal
Rsb

Ptm
sab
Rmb
Bml
Pls
Abd
bbt
Mks
Jmb
Gsb
Rpp
Jmb
Syp
काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र अनुशासन र विधानअनुसारको कार्यान्वयनमा कडाइ गरिने बताएका छन्। उनले पार्टीको जिम्मेवारीमा रहेकाले लचिलो र विनम्र भएर सबैलाई समेट्ने प्रयासलाई कमजोरीको रूपमा नलिन आग्रह गरेका छन्।
मंगलबार काठमाडौँमा आयोजित पार्टीको जरा अभियान र क्रियाशील सदस्यता अद्यावधिक कार्यक्रमको सुरुवात गर्दै सभापति थापाले पार्टी विधान विपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे।
पार्टीको जिम्मेवारीमा रहेकाले लचिलो र विनम्र भएर सबैलाई समेटेर लैजाने प्रयासलाई कसैले पनि कमजोरीको रूपमा नलिनुहोला,उनले भने, “पार्टीको विधान र अनुशासनभन्दा बाहिर गएर गरिने कुनै पनि कार्यलाई स्वीकार गर्न सकिँदैन।”
थापाले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै पार्टीका नेता तथा कार्यकर्तालाई विधान र अनुशासनभित्र रहेर काम गर्न आग्रह गरे। सहयोग गर्नेहरूलाई धन्यवाद दिँदै अवरोध गर्नेहरूलाई सचेत गराइने उनले बताए।
उनका अनुसार आगामी वैशाख १५ गतेभित्र देशभरका वडा तहमा क्रियाशील सदस्यता नवीकरण तथा वितरणको काम सम्पन्न गरिसक्नुपर्नेछ।
थापाले क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई डिजिटलाइज गरिएको जानकारी पनि दिए। साथै, नवीकरण नगर्ने सदस्यहरू पार्टीको योग्य सदस्य नरहने उनको भनाइ छ।
जसले म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दिन भन्छ, उनीहरू पार्टीको सदस्य रहन योग्य छैनन्, उनले भने। विशेष कारणले उपस्थित हुन नसक्नेहरूका लागि भने छुट्टै व्यवस्था गरिने उनले स्पष्ट पारे।
उनले पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ को आवश्यकता रहेको बताउँदै त्यसको सुरुवात आजदेखि भएको घोषणा पनि गरेको जानकारी गराएका छन्।
