
Mbdvs
mbd
Pbu
Rbs
Gisld
Sds

Ggd
Tsm
Ssm
Rgu
Bbu
Asm
Gst
Rgs
Sls
Rsb
Bbbpu
nsb
Ksm
Sbs
Wsp
Vor
Hal
Rgu
Pvg

Jmb
bbt
Mks
Syp
Gsb
Abd
Bml
sab
Rpp
Rmb
Jmb
Ptm
Pls
दाङ । देउखुरीका अग्निपिडित हरुलाई लमही जेसिजले बुधवार राहत स्वरुप नगद ५१ हजार बढी आर्थिक सहयोग गरेको छ ।
लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि नगद ५१ हजार ६ सय ५ रूपैया सहयोग गरेको हो । लमही जेसिज वर्ष २०२१ का अध्यक्ष दुलमदास चौधरीले वडाध्यक्ष गणेशमान चौधरी र राप्ती टोल बिकाश सँस्थाका अध्यक्ष अनुप बुढा मगरलाई सँयुक्त रुपमा सो नगद राहत हस्तान्तरण गर्नु भएको छ ।
त्यस्तै ७१ जना ब्यबसायी तथा जेसिज परिवारबाट सँकलित रकम हस्तान्तरण गरिएको लमही जेसिजले जानकारी दिएको छ । लमही जेसिजका अध्यक्ष दुलामदास चौधरीको सभाध्यक्ष तथा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीको प्रमुख आतिथ्यमा नगद हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले भईपरी समयमा आगो निभाउन देखि खानपिनको ब्यबस्था सँगै राहत समेत उपलब्ध गराएको प्रती धन्यबाद ज्ञापन गर्नु भयो । सधै सहयोगी भावना सहित लमही जेसिज अगाडी बढिरहेको प्रती खुसी ब्यक्त गर्दै उहाँले राहत स्वरुप उपलब्ध नगद एकद्वार प्रणाली मार्फत पिडितलाई हस्तान्तरण गरिने बताउनु भएको छ ।
यस्तै आगलागी पश्चात् अग्निपिडितलाई तत्काल खानपिनको ब्यबस्था समेत गरेको लमही जेसिजले राहत सँकलनमा पनि महत्वपुर्ण जिम्वेवारी भुमिका निर्बाह गरेको हो । घर निर्माणका क्रममा अलिकती भएपनी सहयोग मिलोस भन्दै नगद हस्तान्तरण गरिएको जेसिजका अध्यक्ष दुलमदास चौधरीले जानकारी दिनु भयो । कार्यक्रममा लमही जेसिजका पुर्ब अध्यक्ष कमल जँग सिँह ठकुरी, अध्यक्ष दुलमदास चौधरी, वडाध्यक्ष गणेशमान चौधरी लगायतका बक्ताले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण लमही जेसिजका महासचिब सुन्दर केसीले गर्नु भएको थियो ।
