
Sds
Rbs
mbd
Pbu
Gisld
Mbdvs

Bbu
Bbbpu
Rsb
Tsm
Ssm
Rgs
Rgu
Gst
Wsp
Pvg
Hal
Sls
Ggd
Vor
Asm
Ksm
nsb
Rgu
Sbs

sab
Mks
Bml
bbt
Rmb
Jmb
Rpp
Ptm
Abd
Gsb
Pls
Syp
Jmb
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ को रोहबरमा राप्ती टोलका अग्नि पिडितहरुलाई मँगलबार राहत बितरण गरिएको छ ।
वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले विभिन्न संघसँस्था तथा ब्यक्तिहरुबाट राहत स्वरुप उपलब्ध खाद्यान्न एवं लत्ताकपडा एकद्वार प्रणाली मार्फत बितरण गरेको हो ।
वडाध्यक्ष गणेशमान चौधरी र टोल बिकाश सँस्थाका पदाधिकारी हरुको उपस्थितिमा राहत बितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । दुमदुमा टोलबिकाश सँस्था खैरीबाट उपलब्ध राहत स्वरुप नगद ३९ हजार २० रुपैया, ६ सय ९२ किलो चामल, १ सय ५७ किलो धान, २ सय ५ किलो आलु, ४७ पोका नुन, १० लिटर तेल, २ किलो खुर्सानी, ५ किलो लसुन र ६ किलो बेसार बितरण गरिएको हो । त्यस्तै लङ्गडी टोल बिकाश सँस्थाले उपलब्ध गराएको नगद ११ हजार ६ सय ९५ रुपैया, ४ क्विन्टल चामल, ४० किलो धान, ५ किलो दाल, ५ किलो नुन र ३ थान गुन्द्री एकद्वार प्रणाली मार्फत बितरण गरिएको वडाध्यक्ष गणेशमान चौधरीले जानकारी दिनु भयो ।
यसैबिच लमही नगरबाट उपलब्ध खाद्यान्न तथा लत्ताकपडा,राप्ती टोल बिकाश सँस्थाबाट ५० हजार बराबरको खाद्यान्न, लत्ताकपडा,भाँडाकुडा सहित नगद,दुमदुमा भगवती तरकारी तथा बीउ आलु उत्पादन सहकारी सँस्थाबाट नगद ८ हजार, एस एन्ड एस फेसन वयर लमहीका सञ्चालक श्याम नारायण चौधरीबाट ५० हजार बराबरको लत्ता कपडा र एस एम बि फुड प्रोडक्ट प्रालि देउपुरबाट ५० हजार बराबरको उपलब्ध राहत सामाग्री बितरण गरिएको छ ।
अग्निपिडित सम्पुर्ण परिवारहरुलाई लमही जेसिजले खानपिनको ब्यबस्था गरेको थियो । गत सोमबार बिहान लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोलमा तार सट भई आगलागी हुँदा ५ घर पुर्णरुपमा जलेर सखाप भएका थिए । आगलागीबाट २५ जना बिस्थापित भएका छन भने २० लाख भन्दा बढीको क्षेती भएको छ ।
मोटरबाट पानी तान्ने क्रममा तार सर्ट भई आगलागी हुँदा बल्लु चौधरी,सरजु चौधरी,दिनेश चौधरी,प्रेम चौधरी र रेशम बहादुर बुढाको परिवार बिस्थापित भएका छन् । अग्निपिडितलाई राहत उपलब्ध गराई सहयोग गर्नुहुन वडाध्यक्ष गणेशमान चौधरीले सबैमा अनुरोध गर्नु भएको छ ।
