
Ddhbs
Ssbus
syysr
gms
Amb
Rbs
Gsbus
Nssbus7
Csbus
Pbu
Ratbs
Jsbus
dsbus
Gsl
Syees
Bksbus5

Bbu
Ssm
Bbbpu
Gst
Wsp
Rgu
Asm
Hal
Sls
Ksm
Sbs
Pvg
Rsb
nsb
Rgu
Ggd
Tsm
Rgs
Vor

Bml
Mks
Pls
Abd
bbt
Rmb
Jmb
sab
Ptm
Gsb
Syp
Rpp
Jmb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज (सोमबार) पनि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहेको छ । आज गायक शक्ति चन्द, रमेशराज भट्टराई, गायिका भुमिका गिरी, विक्रम परियार, अनु पराजुली लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने भएको छ ।
त्यस्तै मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार मेला एक दिन थप गरिएको छ । फागुन २६ गतेदेखि सुरु भएको मेला चैत २ गते सम्म लगाउने भनिएपनि दर्शकको उल्लेख सहभागिता रहेको कारण एक दिन थप गरि भोलि (मंगलबार) सम्म जारी रहने उहाँले बताउनु भयो । मेलाको आज छैठौं दिन पनि दर्शकको उल्लेख सहभागिता रहेको उहाँको भनाइ छ । मेलामा आफुहरुले उत्कृष्ट कलाकारहरु ल्याउन सफल भएको भन्दै आयोजकले अपेक्षा गरेभन्दा पनि धेरै दर्शकको सहभागिता रहेको उहाँले बताउनु भयो ।
यस्तै मेलाको आकर्षणका लागि मौतकी कुवा, पिङ, बाल उद्यान लगायत अन्य मनोरञ्जनका सामग्रीहरु समेत राखिएको छ । मेलामा एक सय २० वटा व्यबसायीक तथा कृषि स्टलहरु राखिएको छ । तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना, रानीघाट युवा क्लबको सह-आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा न. ७ को संरक्षणमा लगाईएको ऐतिहासिक भोटे मेलामा ईतिहास झल्कने विभिन्न प्रस्तुति समेत प्रस्तुत गरिएको छ । मेलामा घोडा दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ऐतिहासिक भोटे मेला २०७७ भन्ने नाराका साथ मेला जारी रहेको छ । साथै मेलामा हेल्पिङ ह्यान्ड दाङले ‘निःशुल्क हेल्थ डेस्क’ को व्यवस्था गरेको छ । मेलामा दुर्घटना तथा आकस्मिक बिरामी परेकाहरुका लागि मेला अबधिभर निशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्थाका अध्यक्ष शालिकराम गौतमले बताउनु भयो ।
