
Rksr-7
Msbg-2
Usbl-7
Jsbg-7
Jsbr-3
Gsbg-3
ksbl-7
Gsbr-6
Pbu
Csbg-7


दाङ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन, इकाई समिति लमही दाङले आफ्ना सदस्यहरुलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
संस्थाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार चैत २२ गते आइतबार मालपोत कार्यालय लमही दाङमा सेवा प्रवाह गरिरहेका लेखापढी व्यवसायीहरूलाई वडा प्रहरी कार्यालय लमहीका प्रहरीहरूले सादा पोशाकमा आएर पक्राउ गरेका थिए ।
त्यस्तै पक्राउ परेका सदस्यहरुले अदालतबाट आवश्यक प्रमाणपत्र प्राप्त गरी तथा सम्बन्धित निकायबाट अनुमति लिएर कानुन अनुसार काम गर्दै आएको संघको दावी छ । विज्ञप्तिमा उल्लेख गरिए अनुसार मालपोत कार्यालयको सूचना अनुसार परिचय खुल्ने कागजातसहित सेवाग्राहीलाई सेवा दिइरहेका बेला प्रहरीले बिना कारण धरपकड गरेको भन्दै संघले आपत्ति जनाएको हो ।
यस्तै यस घटनाले व्यवसायीहरुको हक अधिकार माथि हस्तक्षेप भएको संघको ठहर रहेको छ ।
