
Pbu
Csbg-7
Msbg-2
Usbl-7
Gsbr-6
Jsbg-7
Rksr-7
Jsbr-3
Gsbg-3
ksbl-7


दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत पाँचौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल हुने जनाइएको छ ।
त्यस्तै बैठकको प्रारम्भमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । त्यसपछि उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले`लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक´सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी बैठकमा मुख्यमन्त्री चेत नारायण आचार्यले `जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक´लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।
